CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

मास्कमा ब्रह्मलुट : ५० थान बेचेर ८ हजार नाफा

मास्कमा ब्रह्मलुट : ५० थान बेचेर ८ हजार नाफा

Pheta Chhath Shubhakamana
679
Bara Gadhi Notice winter

काठमाण्डौ, संवाददाता


भारतको जम्मु–कास्मिर घर भएकी एक महिलाले गएको आइतबार छोरालाई मास्क (मुखावरण) किन्न ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालसँगै रहेको गौतम फार्मेसीमा पठाउनुभयो ।

छोराले प्रतिगोटा ३० रुपैयाँका दरले १५ वटा पहेँलो मास्क किनेर लगे । तर आमालाई मास्क निम्न गुणस्तर र महँगो भएको शंका लाग्यो । उहाँ सोमबार गौतम फार्मेसीमा जानुभयो र मास्क फिर्ता गर्न अनुरोध गर्नुभयो । तर फार्मेसीले मास्क फिर्ता गर्न मानेन । त्यसपछि महिलाले बिल दिन आग्रह गर्नुभयो । फार्मेसी सञ्चालकले आनाकानी गरे । लामो विवादपछि पसलेले बिल बनाएर महिलालाई दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

बिल हात पारेपछि महिलाले मास्कमा ठगिएको भन्दै वादविवाद गर्नुभयो । त्यसपछि फार्मेसी सञ्चालकले महिलाको हातबाट बिल खोसेर च्याते । महिलाले तत्कालै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गर्नुभयो ।

विभागको टोली मंगलबार गौतम फार्मेसीमा पुग्यो र खरिद बिल माग्यो । फार्मेसीले २५ रुपैयाँमा मास्क खरिद गरेर ३० रुपैयाँमा बेचेको रहेछ । ‘फार्मेसीले बढी मूल्यमा बिक्री गरेकोभन्दा पनि बिल खोसेर च्यातेको हुनाले बिल बिजक जारी नगरी कारोबार गरेको कसुरमा २ लाख रुपैयाँ जरिबाना गरेका छौँ’, अनुगमनमा खटिएका एक अधिकृतले भने ।

लहरो तान्दा पहरो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गौतम फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना तिराएपछि प्रति मास्क २५ रुपैयाँको दरले बिक्री गरेको आपूर्तिकर्ताको खोजीमा लाग्यो । गौतम फार्मेसीले अल्का अस्पतालपछाडि रहेको शुभ सर्जिकल सप्लायर्सबाट प्रतिगोटा २५ रुपैयाँमा मास्क खरिद गरेको भेटियो ।

विभागको टोलीले शुभ सर्जिकलमा पनि छापा मार्‍यो । शुभ सर्जिकलले गौतम फार्मेसीलाई भ्याट बिल काटेको देखियो । तर बिल नक्कली थियो । विभागको टोलीले शुभ सर्जिकलले किर्ते भ्याट बिल बनाएर मास्क बेचेको भेट्टिएको अनुगमनमा संलग्न एक अधिकारीले बताए ।

Karaiya Mai Notice Winter

टोलीले शुभ सर्जिकललाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको छ । गौतम फार्मेसीको अनुगमनकै कारण शुभ सर्जिकलले भ्याट बिल किर्ते गरेको भेटियो ।
‘यो घटनामा लहरो तान्दा पहरो थर्किएको छ । शुभ सर्जिकलले सामान ल्याउने फर्मले पनि बदमासी गरेको हुन सक्ने अनुमान छ । हामीले त्यो पनि खोज्दैछौँ’, विभागले उज्यालो अनलाइसँग भन्यो ।

विभागको टोलीले अल्का अस्पतालसँगै रहेको विद्या फार्मेसीमा पनि अनुगमन गर्‍यो । त्यहाँ पनि अत्यधिक मूल्यमा मास्क बेचेको पाइयो । फार्मेसीले ८ सय ४० भारतीय रुपैयाँ अर्थात १३ सय ४४ नेपाली रुपैयाँमा ५० थान मास्क खरिद गरेको रहेछ । फार्मेसीले एउटा मास्क २६ रुपैयाँ ८८ पैसामा किनेको थियो ।

अधिकतम २० प्रतिशत नाफा खाएर पनि फार्मेसीले एउटा मास्क ३२ रुपैयाँको हाराहारीमा बेच्नुपथ्र्यो । तर उसले १ सय ९० रुपैयाँमा बेचेको भेटियो । फार्मेसीले २० प्रतिशत नाफा खाएर ५० वटा मास्क अधिकतम १६ सय १२ रुपैयाँमा बेच्नुपर्नेमा नौ हजार ५ सय रुपैयाँमा बचेको पाइएको विभागले जनाएको छ । यसरी हेर्दा ५० वटा मास्क बेच्दा ७ हजार ८ सय रुपैयाँभन्दा बढी नाफा लिएको देखिन्छ ।

तर यसमा पनि बाझिने विषय विभागले भेटाएको छ । विभागले विद्या फार्मेसीसँग खरिद बिल माग्यो । ५० थान मास्कको प्याकेटमा अतिकतम खुद्रा मुल्य ८ सय ४० भारु लेखिएको भएपनि फार्मेसीले एउटै मास्कको १ सय ५५ रुपैयाँमा किनेको पाइयो । सिधा हिसाबले हेर्दा १ सय ५५ रुपैयाँमा किनेर १ सय ९० रुपैयाँमा मास्क बेचेको भेटियो । अर्थात एउटा मास्कमा फार्मेसीले ३५ रुपैयाँ नाफा लिएको भेटियो ।

तर प्याकेटमा एउटा मूल्य र बिलमा अर्कै मूल्य भएकाले विभागको अनुगमन टोलीले वि द्या फार्मेसीले खरिद गरेको फर्म पनि अनुगमन गर्ने निधो ग¥यो । तर विद्या फार्मेसीलाई मास्क दिने फर्म काभ्रेको बनेपामा रहेकोले टोली त्यहाँ जान सकेन । काभ्रे जिल्ला प्रशासनलाई पत्र लेखेर उक्त फर्मलाई कारबाहीको सिफारिस गर्ने विभागको तयारी छ ।

विभागले अल्का अस्पतालकै छेउमा रहेको सदिक्षा मेडिकलमा पनि अनुगमन ग¥यो । त्यहाँ कम्प्युटराइज बिल दिने गरिएको तर आन्तरिक राजश्व विभागबाट अनुमति नलिइएको पाइएको छ ।

‘आन्तरिक राजश्व विभागबाट अनुमति नलिई कम्प्युटराइज्ड बिल जारी गर्नु भनेको खाली कागजमा हातले लेखेर बिल दिनु सरह हो । त्यसैले सदिक्षा मेडिकललाई पनि २ लाख रुपैयाँ जरिबाना तिराएका छौँ’, विभागले भन्यो ।

विभागले मंगलबार एकैदिन ४ वटा फार्मेसीमा अनुगमन गरेर ८ लाख रुपैयाँ जरिबाना तिराएको छ । ‘लहरो तान्दा पहरो थर्किने घटना भेटाएका छौँ । हामी अब सूक्ष्म अनुगमनमा जान्छौँ,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भन्नुभयो ।

द पब्लिक टुडे मा अर्जुन पोख्रेल को लेख

Baiju sah