CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

कोरोना भाइरसका कारण १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरसका कारण १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित

Pheta Chhath Shubhakamana
1,630
Bara Gadhi Notice winter

विराटनगर, संवाददाता
कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु. १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी नामाकरण गरी भेटघाट, सम्मेलन, पार्टीलगायत सार्वजनिक भेला नगर्नु नगराउनू भनी सचेत गराएबाट तथा भारत, नेपाल र विश्वका १२८ भन्दा बढी मुलुकमा उक्त भाइरसको संक्रमण देखा परेको भन्दै विराटनगरका समाजसेवी दिलीप धाडेवाको अगुवाईमा विगत ७४ दिनदेखि जारी रहेको रु. १० मा भरपेट खाना खुवाउने र रु. ३० मा होम प्याकको प्रावधान रहेको कार्यक्रम स्थगित गरिएको छ । पीडादायी समयका कारण सर्वसाधारणको स्वास्थ्यप्रति सावधानी अपनाउँदै मिति चैत्र १ गते शनिबारका दिनदेखि अनिश्चितकालीन समयका लागि बन्द गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
रु.१० भरपेट खाना कार्यक्रम परिवारका संयोजक दीलिपकुमार धाडेवाद्वारा हस्ताक्षतिर विज्ञप्तिमा खाना खुवाउनका लागि तनमन र धनले सहयोग गर्ने शुभेच्छुकप्रति आभार व्यक्त गर्दै निकट भविष्यमा पुनः कार्यक्रम सञ्चालनमा आउने पनि जानकारी गराइएको छ ।

Baiju sah