CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीबाट एसइईमा २८ जना बिद्यार्थि परीक्षा दिनबाट बञ्चित

फेटा GP PSA
694
सिम्रौन्गढ़ नपा psa

गुल्मी जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) दिनबाट २८ जना विद्यार्थी बञिचत भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।

Karaiya Mai Notice Winter

जसमा छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ प्रमुख ज्ञवालीले बताए ।७० प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर विभिन्न कारणले बिद्यालय आउन नसकेका बिद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन् । वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ४ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने भएका छन् ।आगामी चैत्र ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जिल्लाका १ सय ४५ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनले छात्रा २ हजार ५ सय १५ जना र छात्र २ हजार १ सय ९२ जना परिक्षामा सहभागी हुने बताए । नियमिततर्फ ४ हजार ६ सय २८ जसमा छात्रा २ हजार ४ सय ८४ र छात्र २ हजार १ सय ४४ जना सहभागी हुनेछन् । त्यस्तै आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना जसमा छात्रा ३१ जना र छात्र ४८ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ ।चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सधारणतर्फ ४ हजार ४ सय ७४ जसमा छात्रा २ हजार ४ सय ८ र छात्र २ हजार ६६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा संचालनमा आएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिए ।उनका अनुसार यस वर्षको एसईईमा ६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा रेसुङ्गा मावी तम्घास, उदय मावी शान्तिपुर, पाञ्चायन मावी जैसिथोक, जनज्योति मावी रिमुवा, हिमालय मावी हस्तिचौर, जनबोध मावी रानीबासका १ सय ५१ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । छात्रा ७३ जना र छात्र ७८ जना सहभागी हुने । रेसुङ्गा मावी तम्घास र जनज्योति मावी रिमुवाबाट सिभिल इन्जिनियरिङ र अन्य ४ वटा विद्यालयबाट बालीबिज्ञान अध्ययन गरेका परिक्षार्थीहरु सहभागी हुने प्राविधिक सहायक पौडेलले बताए । जिल्लाको एक जना छात्र विद्यार्थी काठमान्डौ कारगारबाट परिक्षामा सहभागी हुने इकाइ प्रमुख ज्ञवालीले जानकारी दिए ।आगामी चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)को तिव्र रुपमा तयारी भैरहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस वर्षको परिक्षालाई व्यवस्थित र मर्या्दित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वत त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख ज्ञवालीले बताए । अहिले परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम भईरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश