CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था

फेटा GP PSA
1,262
सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा,चैत ८ गते । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया पुग्ने जो कोहीले साबुन पानीले हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने छन् । कार्यालयको मुल गेटमा खटिएका प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजर तथा साबुन पानीले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशकालागि इजाजत दिने गर्छन् ।
व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले भनु भयो कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए । उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा साबुन पानीले र हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश