

मंगलबार बेलुकीदेखि प्युठान जानकोलागि स्याङ्जाबाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई जिल्लाको रेसुङ्गा नगरपालिका–९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदल यात्रामार्फत नै घरतर्फ पठाईएको हो ।
अहिले नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्नको लागि देशभर लकडाउनको घोषणा गरेपछि देश भरका सम्पुर्ण कलकारखाना,संघ संस्थाहरु लगाएत बिभिन्न किसिमका निर्माण सम्बन्धी कामहरु बन्द भएका छन् ।

स्याङ्जामा सडक निर्माणमा लेवरको काम गर्दै आएको यो टोली काम रोकिएपछि प्युठान हिडेका हुन् । सम्पुर्ण सवारी साधनहरु बन्द भएपछि निषेधाज्ञाको बेवास्ता गर्दै धेरैसमय बन्द हुनेहोकी भन्ने डरले पैदलयात्रा मार्फत प्युठान हिडेको पैदलयात्रीहरु बताउछन् ।

देउराली स्थीत हेल्थडेक्समा स्वास्थ्य परीक्षण गराउँदा सबैको ज्वरो समान्य रहेको स्वास्थ्यकर्मी मञ्जु घर्तिमगरले बताइन् । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन सबै सचेत रहन स्थानीय सकारले आग्रह गरेका छन् ।
