CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस, साबुन पानीले हात धुनुहोस्, हेन्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस् । अरबिन्द कु.मोदनवाल

फेटा GP PSA
1,277
सिम्रौन्गढ़ नपा psa

 

अहिले नेपालको अवस्था जस्तो छ, करिब १ महिना अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्किन भनेको थियो, साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो ।

तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनीहरुले पनि त्यस्तै सामान्य सोचेर सरकार लाई टेरेनन्, बाहिर निस्किन र हिंड्न छोडेनन्, भेला हुन छोडेनन्। अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ, हरेक दिन ५-६०० मानिसहरुले ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या केही दिनको अवधिमै ७८०० भन्दा बढी पुगिसकेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण, तपाइलाई कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिइदैन। मरेपछि पनि घर लैजान दिदैन। १ जनालाई लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसमाथि हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ति पनि समय लाग्दैन।

अहिले हाम्रो सरकारले पनि हामीलाइ धेरै सुझावहरु दिईराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन। त्यसैले हामी पनि अहिल्यैबाट सचेत होऔँ। जथाभावी बाहिर ननिस्कौ।

लकडाउनको पूर्ण पालना गरौँ । बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै जीवाणु छैनन् भन्ने निश्चित होऔ। मास्कको प्रयोग गरौ । सबभन्दा महत्वपूर्ण घरमै बसौँ र यो प्रकोपलाइ निम्तिन नदिऔँ।

आफू पनि सुरक्षित रहौँ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। एक असल र अनुशासित नागरिकको परिचय दिऔँ । नत्र भने हामी नेपालीको अस्तित्व पनि संकटमा छ।
#Stay home_stay safe everyone..
#Fight against COVID-19

Baiju sah