विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनकपुरमा ४० भारतीय अलपत्र, भन्छन्- खानेकुरा सकिन लाग्यो, अब कसरी बाच्ने ?

जनकपुरमा ४० भारतीय अलपत्र, भन्छन्- खानेकुरा सकिन लाग्यो, अब कसरी बाच्ने ?

सिम्रौन्गढ़ नपा psa

जंककपुरधाम, राजन झा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि जनकपुरधाममा बच्चासहित ४० भारतीय नागरिक अलपत्र परेका छन्। उनीहरू जनकपुरधामस्थित रंगभूमि मैदानमा बसिरहेका छन्। उनीहरू अस्थायी टेन्ट (त्रिपाल)मा दिनरात बिताउन बाध्य छन्। खानेकुरासमेत सकिन लागेकाले चिन्ता थपिएको छ। भन्छन्, ‘खानेकुरा सकिन लाग्यो अब कसरी बाँच्ने?’

अलपत्र परेका सबै भारत महाराष्ट्रका भोपाल जिल्लाका बासिन्दा हुन्। माटो र प्लाष्टिकको गिलास, कप तथा प्लेटको व्यापार गर्न जनकपुरधाम आएका उनीहरू कोरोना भाइरसको संक्रमणबारे अनभिज्ञ थिए। जब सरकारले लकडाउनको घोषणा ग¥यो, अनि उनीहरूले बल्ल थाहा पाए कि कोरोना महामारी फैलिदैँछ। तर, त्यतिखेरसम्म फर्किन ढिलो भइसकेको थियो। उनीहरू घर फर्किने उपाय नभएपछि अलपत्र परे।

सरकारले लकडाउन गरेपछि उनीहरूले न व्यापार गर्न पाएका छन्, न कतै बाहिर कुनै समान खरिद गर्न निस्कन पाएका छन्। त्यहाँ पुग्दा केही बच्चा खेल्न व्यस्त थिए त्रिपालभित्र। महिलाहरू भुँइमा इँटा जोडेर बनाएको चुल्होमा खाना पकाइरहेका थिए। पुरुषहरू चिन्तित मुद्रामा थिए। टेन्टबाट निस्किदै ३५ वर्षीय कृपाल भोसलेले भने, ‘हामी ठूलो संकटमा छौँ। खाने समानहरू सकिन लाग्यो।’‘यहाँ पनि बन्दी छ। इण्डियामा पनि यस्तै छ। कसैलाई घरबाट समेत निस्किन दिँदैन भन्ने थाहा पाए। यस्तो संकट कहिल्यै परेको थिएन। अहिले केही खानेकुरा बाँकी रहे पनि भोलि-पर्सीका लागि केही छैन’, कृपालले पीडा सुनाए।

Karaiya Mai Notice Winter

तीन बच्चा र श्रीमतीसँगै आएका कृपालले ठूलो संकटमा फसेको दुःखेसो पोखे। ‘यहाँ पनि बन्दी छ। इण्डियामा पनि यस्तै छ। कसैलाई घरबाट समेत निस्किन दिँदैन भन्ने थाहा पाए। यस्तो संकट कहिल्यै परेको थिएन। अहिले केही खानेकुरा बाँकी रहे पनि भोलि–पर्सीका लागि केही छैन’, कृपालले पीडा सुनाए।

पाँच दिन अगाडि मोटरसाइकलले चोट लागेर उनको छोरी राजश्री भोसलेको खुट्टामा घाउ भयो। उनको उपचारमा ५ हजार खर्चिसकेका छन्। अझै निको भएको छैन। कृपाल भन्छन्, ‘प्लाष्टिकका समानहरू बेच्दा भएको आम्दानी पनि सकियो। ५÷७ दिन अझै बन्दी रह्यो भने भोकै मर्नुपर्ने अवस्था आउँछ।’

यस्तै, अलपत्र परेका भारत महाराष्ट्रकै ५५ वर्षीय कैलास भोसलेको पनि पीडा उस्तै छ। उनी टेन्टभित्र अत्याधिक घाम लागे पनि बस्नैपर्ने बाध्यता सिर्जना भएको सुनाए। उनले भने, ‘अहिले त वर्षा भएको छैन। वर्षा भयो भने झन बिजोग हुन्छ।’ बजार बन्द हुँदा व्यापार गर्न नपाएकाले बालबच्चा पाल्न मुस्किल परेको उनको दुःखेसो छ।

त्यही त्रिपालभित्र बसिरहेका ३५ वर्षीय राजकुमार वासुदेव फुवारलाई भने घरको यादले सताएको छ। उनी घरमा ३ छोरीलाई छाडेर व्यापार गर्न जनकपुर आएका थिए। भन्छन्, ‘यहाँ हामी त जसोतसो बाँचिरहेका छौँ। तर, त्यहाँ छोरीहरू कसरी बाँच्छन् भन्ने चिन्ता छ।’ सरकारले कम्तिमा आफूजस्ता व्यक्तिलाई घर जाने वातावरण बनाइदिनु पर्ने उनको भनाइ छ।

अलपत्र उनीहरूलाई खाना र बस्न त समस्या छ नै, शौचालय र खानेपानीको अभावले ठूलो समस्या झेल्न बाध्य भएका छन्। सधैं भिडभाड रहने ऐतिहासिक रंगभूमि मैदान सुनसान छ। एउटा कुनामा उनीहरू संकटसँग जुधिरहेका छन्। यहाँको सरकारले कम्तिमा खाना र पानीको व्यवस्था गरिदिए जसोतसो लकडाउन छल्ने उनीहरूको विश्वास छ।

Today Khoj

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed