CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गरुडामा लक डाउनको अभाज्ञा गर्दै २ ब्यक्ति सहित २७ मोटरसाइकल नियन्त्रणमा ।

गरुडामा लक डाउनको अभाज्ञा गर्दै २ ब्यक्ति सहित २७ मोटरसाइकल नियन्त्रणमा ।

फेटा GP PSA
789
सिम्रौन्गढ़ नपा psa

गरुडामा लक डाउनको अभाज्ञा गर्दै २ ब्यक्ति सहित २७ मोटरसाइकल नियन्त्रणमा ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।चैत्र १६। देश ब्यापी फैलिएका कोरोना भाईरस ( कोभिड १९) बिरुद्ध चालिएका नेपाल सरकारको लक डाउनको अभाज्ञा गर्दै केही ब्यक्तिको मोटरसाइकल रौतहट प्रहरीले नियन्त्रणमा लिएका छन्। यो भाईरस संग अहिले कुनै निकाय न लड्ने परिस्थितिमा पुग्दा नेपाल सरकारले यस बाट बाच्न स्वरुप लगाईएको लक डाउनलाई अभाज्ञा गर्दै रौतहट सहित विभिन्न ठाउँमा मोटरसाइकल सहित कतिपय ब्यक्तिलाई नियन्त्रणमा लिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले संघीय सरकारको अादेशमा लगाइएको लक डाउनको अभाज्ञा र प्रहरी संग दुर्ववहार गर्दै गर्दा गरुडा प्रहरीले दुई जना ब्यक्ति सहित २७ अोटा विभिन्न कम्पनीका मोटरसाइकल पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ग्यान कुमार महतोले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

देशमा ठुलो संकट परेको बेला यस भाईरसबाट अाफु बाच्न र अाफ्ना परिवारलाई बचाउन अा-अाफ्नो घरमै बस्न सरकारले भनेता केही ब्यक्तिले नमाने पछि प्रहरीले कति पय ठाउँमा लठ्ठी हिड्काने सुरु गरेको साथ-साथै नियन्त्रणमा लिन थालेका छन्। नियन्त्रणमा लिने क्रममा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी संग अभद्र ब्यवहार गरेको भन्दै गढीमाई नगरपालिका वडा नंबर ५ का ४८ बर्षीय प्रभु नरायण यादव र १९ बर्षीय नितेश कुमार यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक महतोले जनाएको हो। नेपालमा यस भाईरस संग संक्रमित संख्या बढ्दै जाँदा थप ८ दिन यस्तै नेपाल लक डाउन रहने मन्त्री परिषदले निर्णय गरेका छन्। रौतहटमा लक डाउनमा बिहान र बेलुकी केही खाद्यान्न सामाग्री किन्न जिल्ला प्रशासन कार्यालयले छुट दिँदा अनावश्यक ब्यक्तिहरु बाहिर अाई भिड लगाउने काम गरि रहदा प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेको निर्देशनमा रौतहटलाई अाईतबार र सोमबार बिहान र बेलुकीको समयमा पनि लक डाउन नै गर्ने निर्णय गरेको थियो।अाज अाईतबारका दिन अति अावश्यक बाहेका सबै बजार लक डाउन भएको बेला बाटोमा निस्किने ब्यक्ति माथि प्रहरीले लाठीचार्ज गरेका छन्। रौतहटमा अहिले बिदेशबाट अाएका ब्यक्तिहरु रौतहटको क्वारेन्टाइन २ जना महिला सहित ८६ जना ब्यक्तिहरु पुगेका छन्।जस मध्ये ४ जनालाई ज्वरो अाएको बुझिएका छन्। दिन प्रति दिन ( कोभिड १९) संग संक्रमित ब्यक्ति बढी रहदा यस्तो संबेदनसिल परिस्थितिमा सतर्कता अपनाउन सबै जनसमुदायमा अपिल गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश