विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरीलाई कुटपिट गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेकोछ ।

प्रहरीलाई कुटपिट गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेकोछ ।

सिम्रौन्गढ़ नपा psa

कलैया ,१७ चैत्र ।

लक डाउनको अवज्ञागर्दै परवानीपुर गाँउपालिका वडा नम्बर ७ नौतनमा टोलमा क्रिकेट समुह बनाएर खेलिरहेको अवस्थामा सम्झाउन पुगेका प्रहरीलाई क्रिकेटको ब्याटले कुटपिट गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लकडाउनको बेला घरबाट बाहिरिन पूर्ण रुपमा रोक लगाइएकोछ ।लकडाउनको अवज्ञागर्दै समुह बनाएर आइतवार क्रिकेट खेल्ने टोलीका नाइके प्रहरी फन्दामा परेकोछ ।

Karaiya Mai Notice Winter

प्रहरीले सम्झाउन खोज्दा उल्टै गाली गलौजगरि प्रहरीलाई कुटपिटगर्ने परवानीपुर गाउपालिका वडा नम्बर ७ बहुअरी बस्ने २७ वर्षिय गणेश कुमार साहलाई पक्राउ गरेको बाराका प्रहरी प्रवतmा डीएसपी गौतम मिश्रले जनाए ।

साहले ब्याट्सले हिर्काउदा एकजना प्रहरी हवलदार घाइते भएका छन् ।सम्झाउदै गरेका प्रहरीमाथि साह अक्रामक बनेका थिए ।

पक्राउ परेका साहलाई अदालतबाट ७ दिनको म्याद थपगरि थप अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी मिश्रले बताए ।साहमाथि चलाइने मुद्दाको टुंगो लागिनसकेको बताउँदै मिश्रले अनुसन्धानपछि त्यसको निर्धारण हुने बताए ।प्रहरीलाई नै कुटपिट गरेकाले साहमाथि कडा मुद्दा चलाइनेछ ।

अहिले सबै खेलकुद, मर्निगवाक, मेला, उत्सव लगायत भीड हुने कार्यक्रमहरुलाई पूर्ण रोक लगाइएकोछ ।अवज्ञा गर्नेलाई प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद र ६ सय रुपैया जरिवाना अथवा दुवै गर्न सक्ने अधिकार पाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed