विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

गुणस्तरहिन खाद्यान्न राहत प्रहरी द्वारा छापा, गोदाम शिलबन्दी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

विश्वव्यापी कोरोना महामारीका बेला गरिब, असाहाय, मजदुर किसानका लागि राहतका रुपमा बाँडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए।

पाँच वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादवले नगरपालिकाको रकमबाट भुक्तानी हुँने गरी कलैया उपमहानगरपालिका वडा नम्बर १, ७ र २० का स्थानीय गरिब असाय र मजदुरका लागि राहत बितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रवार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।

Prasauni holi 2082

गुणस्तरहिन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी तीन सय ८० बोरा दाल शिलबन्दी गरिएको हो ।

karaiya holi 2082

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी तीन सय ८० बोरा दाल सिल बन्दी गरेको छ ।

संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक कृष्ण पंङ्गेनीले बताए ।

गुणस्तरहीन चामल र दाल बितरण गरेर नगरप्रमुख यादवले जनताको भावनासँग खेलवाड गरेको भन्दै आँफूहरुले प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक ध्यानाकर्षण गराईएको बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले जानकारी दिएका छन् ।

प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । प्रशासनले गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ । तथा चामल ल्याईएको गोदामको समेत खोजी भैरहेको बारा प्रहरीले जनाएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed