विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरैता नगरपालिकाका कारण सिङ्गो देश लाई मोल चुकाउनु पर्ला कि?

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हालको स्थिति परिस्थिति पुरै विश्वको नै भन्न नसकिने अवस्था  रहेको छ। र हाम्रो नेपाल पनि उक्त स्थितको प्रकोप बाट अछुतो रहेको छैन। कोरोनाको संक्रमनले विश्वको २ सय १० वटा देश पिडित रहेको छ। संक्रमितको संख्या आज १७ लाख ८० हजार २ सय ३७ पुगेको छ, र जम्मा मृत्यु संख्या १ लाख ८ हजार ८ सय २२ पुगेको छ। छिमेकी देश भारतको अवस्था हेर्नेहो भने जम्मा संक्रमित संख्या ८ हजार ४ सय ४६ रहेको छ, भने जम्मा मृत्यु संख्या २ सय अठासी रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्लाको पचरौता नगरपालिका बाट भारतीय मुख्य सिमानाका दुइटा रहेको छ। जसमध्ये सबैभन्दा बढी जोखिम स्थित पुर्वी दक्षिणी  सिमाना पचरौताको वाडा न. १ पिपरपातीको दक्षिणी छोरमा स्थानीय प्रहरी प्रशासन बस्दै आएका छन। तर बसिरहेका ठाउँ बाट उक्त नदिको किनारमा नेपालकै सिमाना भित्र त्यहाका केही स्थानीय तथा बिहारको बडहरवा बाट आएका स्थानीयहरुले दैनिक रुपमा रक्सी त्यही ठाउमा खाने गरेको दृश्य हेरिन्छ। जहाँ त्यहिका प्रहरी चौकिले भट्टी नस्ट गरेका थिए।

Karaiya Mai Notice Winter

कोरोनाको संक्रमन बाट बाच्न लाई भारत तथा नेपाल सरकारले लगाएको लकडाउनको कुनै वास्ता नराखी उक्त स्थानमा दैनिक रुपमा काहा बाट रक्सी ल्याएर खान्छ भन्ने बारेमा सर्वसधारणले संका गर्दै त्यहाका प्रशासनमाथी प्रश्न खडा गर्दै चिन्तित बनेका छन।

गत सुक्रवार करिब साझ ५:३० बजेको समयमा पिपरपातीका स्थानीय लखिन्द्र महतोले आफ्नो खेत हेर्न जादा घुमदा घुम्दै उक्त स्थानमा पुग्दा रक्सी खाइरहेका कुरा हेर्दा अनौठो लागेर फोटो तान्न खोज्दा त स्थित नै अति गम्भीर भएर झडप नै भएको थियो । मेरो फोटो किन खिचेको भन्दै महतो तथा उसंगै भएको एकजना उस्को साथिको ज्यानै जोखिममा परेको थियो ।

उक्त ठाउँमा राखिएको दाउरा उठाएर दुबै जना लाई ज्यानै लिने गरि कुटपिट गर्न थालेका थिए तीसबै जड्याहाहरुले । ती दुई जना माथी त्यहा रहेका करिब १५ जनाले कुटेका थिए। त्यतीकै मात्र हैन दुबै जनाको मोबाइल पनि दुई थान उनिहरुले खोसेका छन, मोटरसाइकलमा दाउराले हानेर सिसा पनि फुटालेका थिए। कुरा रक्सीको होइन, हालमा कोरोनाको प्रकोपको हो यदि उनिहरु बाटै संयोग वस भारत बाट हाम्रो नेपालमा सर्यो भने हाम्रो नेपालको अवस्था नै अमेरिका, स्पेन, इटली जस्तो हुन कसैले रोक्न नसक्ने त्यहाका सचेत नागरिकहरुको भनाइ रहेको छ।

स्थानीयहरुको अनुसार स्थानीय प्रशासनले केही प्रलोभनमा परि रक्सी आउन जान छोडेको बताउछन। अन्यथा यो लकडाउनको अवस्थामा कहाबाट रक्सी ओसारपसार हुन सक्थ्यो ? भन्दै यस्तो लापरबाही स्थानीय प्रशासनको कारन सिङ्गो नेपाल लाई नै मोल चुकाउने त्यहाका सचेत स्थानीयहरुको भनाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed