CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण नगर्न युवा संघको माग

फेटा GP PSA
1,036
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव , कलैया, बारा।

बारा जिल्ला को एक मात्र जिल्ला अस्पताल कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न युवा संघ नेपाल बाराले माग गरेको छ । रास्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुसोत्तम साहले बिहिवार  एक प्रेस बिज्ञप्ति जारी गर्दै कलैया अस्तालमा कोरोना विशेष अस्पताल निर्माण नगर्न प्रदेश सरकारसंग माग गरेको छ । विज्ञाप्तीमा  कलैया अस्पतालमा पि . सि . आर . मेशिन यथाशिघ्र उपलब्ध गर्नका लागि प्रदेश २ सरकार सँग माग गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अध्यक्ष साहले गरिब निमुखाहरु लगायत जिल्लाको विभिन्न भेगबाट आउने विरामीहरु कोरोना विशेष अस्पतालको सन्त्राशले उपचार गराउन बाट बंचित हुने भएकोले कलैया अस्पताल लाई कुनै पनि हालतमा कोरोना अस्पताल नबनाउन माग गरेका छन् । रास्ट्रिय युवा संघ नेपाल बारा शाखाले कुनैअरू ठाउमा कोरोना अस्पताल बनाउन विज्ञाप्ती मार्फत सल्लाह दिएको छ।

कलैया अस्पतालमा जिल्लाको विभिन्न ठाँउबाट गरिब असहाय अति विपन्नहरुको उपचार लगायत खोप सेवा , प्रसुति सेवा संचालनमा वाधा अवरोध पुगने र  कोरोना भाईरसको जोखिम बढने भएकोले कलैया अस्तालमा कोरोना विशेष अस्पताल निर्माण नगर्न उपयुक्त रहेको साहले हस्तारिक्ष विज्ञाप्तीमा जनकारी गराईएको छ ।

बारा  जिल्लामा पनि कोरोना भाईरसको संक्रमित व्यक्ति फेला परेकोले लकडाउनको पालना गरी सामाजिक दूरी कायम राखी कोरोना भाईरसबाट आफू पनि बचन र अरुलाई पनि बचाउन राष्ट्रिय युवा संघ नेपाल बाराका नेता कार्यकर्ता भातृ संगठन शुभेच्छुक संस्था लगायत सम्पूर्ण जिल्ला वासिमा सचेत रहन जनकारी गराईएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश