विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडाध्यक्ष यादव माथि दुव्र्यवहार एवं हातपातको प्रयास, दोषी उपर कारवाहीको माग

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा ।

वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादवले आफु र वडा सदस्यहरु माथि सर्वदलिय समिति भनाउदाहरुले दुव्र्यवहार एवं गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वडा नं. १७ छुट्टै सर्वदलिय समिति गठन गरेर आ—आफनो मनोमानी तरिकाले राहत वितण गरी विवाद गर्न खोजिएको आज वडा समितिमै पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आरोप लगाएकी छिन् ।

वडा समितिलाई नसमेटेर आ—आफनो मनोमानी तरिकाले सर्वदलिय समितिले अलौंको पानीटंकी टोलमा वितरण गरेको राहतमा कुहिएको चामल भेटिएपछि स्थानियले वडा समितिमा आएर गुनासो गरेका थिए ।

जनताको गुनासो सुनेर राहत वितरण गरिएको प्रहरी सहितको टोलमा सोधपुछ गर्न जाँदा अनावश्यक विवाद गर्दै आफूमाथि सर्वदलिय समितिका सदस्यहरुले गाली गलौज गर्दै दुव्यर्वहार गरेको अध्यक्ष यादवले आरोप लगाईन ।

Karaiya Mai Notice Winter

विवाद भएपछि राहत वितरणमा भेटिएको कुहिएको चामल प्रहरीले परिक्षणको लागि लगेको छ । सरकारले नै एकद्धार प्रमाणलीबाट राहत वितरण गर्नुपर्ने निति नै लागु गरेको छ ।

तर यहाँका आफूलाई अगुवा बताउँने केहि पार्टीका नेताहरुले आफनो राजनितिक वर्चस्व बनाउनको लागि राहत वितरणमा मनोमानी गर्न खोजेको उनले बताईन । वडा समितिले हाल सम्म करिब ८ सय जना गरिब, अतिविपन्न परिवारलाई निश्पक्ष रुपमा राहत वितरण गरेको जनाइएको छ।

सर्वदलिय समितिमा रहेको संजु क्षतकुली, कृष्णदेव यादव, कनवर मंसुरी, हरीनायाराण प्रसाद यादव, प्रदीप साह र हरेन्द्र यादव लगायतले गाली गलौज गर्दै आफूमाथि हातपातको प्रयास समेत गरेको हुनाले यिनिहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको माग समेत वडा समिति कार्यालयले गरेको छ ।

आफु र वडा सदस्यहरुमाथि दुव्र्यवहार एवं गालीगलौज गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न सोमवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी समेत गरेको वडा अध्यक्ष यादवले बताईन ।

सो पत्रकार सम्मेलनमा वडा सदस्य ताहिर हुसैन, भागमती देवी राम, वडा अध्यक्षका पति विरेन्द्र यादव लगायतको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed