विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा सम्मपन

जिल्लमा केही केन्दिय नेताका कारण पार्टी बदनामको अरोप

सिम्रौन्गढ़ नपा psa

नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले नै प्रदेश ५ लाई नेतृत्वले हेला गरेको गुनासो गरेका छन् । राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा बसेको थियो । सो बैठकमा सहभागी हरेक नेताले राजपा नेपालका शीर्ष नेतालाई गुनासो गर्दै भनेका थिए, ‘राजपा नेपाल प्रदेश २ मा मात्र केन्द्रीत भएको र प्रदेश ५,७ लाई बेवास्ता गरेको छ ।’ राजपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेको राजपा नेताहले बताउँदै उनले प्रदेशस्तरीय बैठक सकेर केही ठोस निर्णय लिने प्रतिवद्धता समेत जनाएका थिए । बैठकमा राजपा नेपालका अध्यक्षमण्डल प्रणाली हटाउनुपर्ने सुझाव पनि आएको छ । अगामी बैशाखमा हुने महाधिवेशनपछि अध्यक्षमण्डल रहन नहुने सुझाव दिएको पार्टीका केन्दिय सदस्य शत्वती कुर्मीले बताएकी थिइन् । अध्यक्षमण्डल प्रणालीमा रहेका कारण पार्टी अगाडि बढ्न नसकेको बताउँदै प्रदेश ५,७ का नेताहरुले तलदेखि माथिसम्म अध्यक्षमण्डल प्रणाली हटाउनुपर्ने सुझाव दिएको थियो ।

उनले भने, ‘ पार्टीका केही केन्दिय नेताले जिल्लामा गन्दकी (गन्हाउने) रहेसम्म पार्टी उँभो नलाग्ने कुरा मैले बैठकमा उठाए, अन्य नेताहरुले पनि जिल्लमा केही केन्दिय नेताका कारण पार्टी बदनाम भइरहेको छ । प्रदेश ५, मा पार्टीप्रति अकार्षण बढिरहेको बेला केही केन्दिय नेता कारण कार्यकर्ताहरु भड्किएको कुरा मैले राखेको थिए ।’ प्रदेश ५,७ को नेपालगञ्जमा फागुन १७ गते बसेको बैठकमा त्यहाँका नेताहरुले पार्टीका सबै शीर्ष नेताहरु प्रदेश २ का रहेको र सबै गतिविधिहरु त्यही केन्द्रीत रहेको भनि आलोचना गरेका हुन् । केन्द्रीय तहबाट प्रदेश ५,७ माथि ध्यान दियो भने यहाँ राम्रो संगठन बन्न सक्ने तर त्यति ध्यान नदिएको गुनासो नेताहरुको रहेको केन्दि«य सदस्य रामकुमार दिक्षितले बताए ।

karaiya holi 2082

Prasauni holi 2082

‘प्रदेश २ जस्तै राजपा नेपालका लागि प्रदेश ५,७ पनि निकै सम्भावना भएको ठाउँ हो, यहाँ पनि मधेशी, थारु, मुस्लिमा आदिवासी जनजातिको बाक्लो उपस्थिति छ, । यसका लागि योजनाबद्ध तरिकाबाट जानुपर्ने कुराहरु बैठकमा उठेको उनले बताए । पहाडमा राई, लिम्बु र मधेशमा थारु, मुसलमान, कोच लगायतलाई पार्टीमा समेटिनुपर्ने योजना पनि बैठकमा सुनाइएको थियो । त्यसका लागि पार्टीको शीर्ष तहले भूमिका खेल्नुपर्ने अधिकांशको धारणा थियो । त्यसको जवाफमा केन्द्रीय अध्यक्षमण्डलका सदस्यहरुले राजपा नेपालले कुनै पनि प्रदेशमाथि भेदभाव नगरेको दावी गरेका थिए । अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले प्रदेशमा केही तलमाथि भएको भन्दै त्यो तत्कालीन परस्थितिले गराएको हो, तर सबै प्रदेशलाई नेतृत्वले समान दृष्टिले हरेको स्पष्ट पारेका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed