विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नर्सरीकि सैम्या बनिन् आई. बिए. ए. बिजेता

सिम्रौन्गढ़ नपा psa

संजित गिरी/ रौतहट। रौतहट सदरमुकाम गौर स्थित आई. बि. ए. विद्यालयले प्रत्येक बर्ष झै एसपाली पनि डांस बेबी प्रतियोगिताको आयोजना गरेको छ। सो कार्यक्रमको भब्यका साथ उद्घाटन गर्दै गौर नगरपालिकाका युवा मेयर अजय गुप्ताले नरसरी, एल. के. जि. यु. के. जी. र वन कक्षामा पढ्ने बालबालिकाले गरेको नृत्यले आफू हर्सित भएको र गौर नगरपालिकामा आई. बि. ए. स्कुलले र प्र.अ.संतोष पौडेलले सरसफाइ, खेलकुद, संस्कृति, गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै आफू गौर नगरपालिकाको मेयर भएकोमा गर्व महसुस भएको भन्दै आम नगर बासिलाई छोरीहरुको शिक्षा स्वास्थ लगायत अतिरिक्त क्रियाकलापमा ध्यान दिने अनुरोध समेत गरेका थिए ।

karaiya holi 2082

सो कार्यक्रमको प्रमुख अथितीेको रुपमा मेयर गुप्ताले सो नृत्य प्रतियोगितामा भाग लिएका प्रतियोगी बहिनी र भाइहरु र डान्स गुरुहरुलाई टीका लगाइ अगामि दिनमा अझै राम्रो नृत्य प्रस्तुत गर्दै अगाडि बढन शुभकामना दिएका थिए । सो प्रतियोगितामा सोरह प्रतियोगीमध्ये उत्कृष्ट तिन जनालाई मेडल र बिजेतालाई कप प्रदान प्रमुख अथितीबाट गरिएको जानकारी सोच सम्वाददाता संजित गिरिले बताएका छन। सो कार्यक्रममा विद्यार्थी अफ द इयर २०७५ को रुपमा कक्षा सातमा अध्यनरत सबिना बेगमलाई मेयर गुप्ताले ट्रफि सम्मान पत्र हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा स्कुल टौपर कक्षा चारमा अध्यनरत आर. एन. यादब लाई जिल्ला कार्य समितीका उपाध्यक्ष गौतम श्रेष्ठले सामान गरेका थिए ।

सो प्रतियोगिता सोरह प्रतियोगी बिच भएको थियो । सो प्रतियोगितामा निर्णायक भुमिकामा रितु पटेल, असलम अंसारी र अमन श्रेष्ठको निर्णयले नर्सरीमा अध्यनरत सैम्या जयसवाललाई बिजेता घोषणा गरेको थियो भने दोस्रो र तेस्रोमा भने एल. केजि.मा पढ्ने रोशनि यादव र मुस्कान रजकलाई निर्णय गरेको थियोे । सो प्रतियोगितामा हजारौं अभिभावक, बिद्यार्थी, समाजसेवी , शुभ चिन्तकको सहभागिता रहेको थियो । बिजय सैम्या जयसवाल आफू र आफ्नो जितको जश लागि आफ्नो आई.बि. ए. रौकका गुरु अंशु र दिपा दिदिलाई दिन उचित ठान्छिन । सो कार्यक्रमको प्रमुख अतिथि गौर नगरपालिकाका युवा मेयर अजय गुप्ता थिए भने अतिथि जिल्ला प्याप्शनका उपाध्यक्ष गौतम श्रेष्ठ र त्यसैगरी गौर न.पा. कोषाध्यक्ष सोनाल शर्मा रहेका थिए सो कार्यक्रममा हाउस औफ द इयरको दर्जा निलो हाउसलाई सम्मान स्वरुप प्रदान गरिएका थिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed