विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पार्टी महाधिवेशनको मुखमा षडयन्त्र : राजेन्द्र महतो

सिम्रौन्गढ़ नपा psa
जनकपुरधाम। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफू निश्चित समयमा नै पार्टी महाधिवेशन गराउने पक्षमा रहेकोले महाधिवेशन नचाहनेहरुले आफू विरुद्ध षडयन्त्रको जालो बुन्न थालेको आरोप लगाएका छन् । अध्यक्ष महतो विरुद्ध उनकै पूर्व स्वकिय सचिव रवीन्द्र कुमार चौधरी (राजेश) ले तलव नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेहरुको एउटा षडयन्त्र भएको स्पष्टोक्ति दिएका छन् । जनकपुरधाममा पत्रकारहरुको जिज्ञासामा महतोले भने, ‘म विरूद्ध भई रहेको षड्यन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन । अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमै पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरा र आरोप प्रत्यारोप माथि मेरो कुनै खासै चासो छैन ।’
राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टी भित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउंदै महतोले महाधिवेशन सम्म यस्तो स–साना कुरामा आफू न अल्झिने प्रतिक्रिया दिएका छन् । यता संसद सचिवालयले महतोका स्वकीय सचिव रहेका रबिन्द्र चौधरी (राजेश)लाई तीन महिना पहिले नै जिम्मेवारी मुक्त गरि सकेको जानकारी दिएको छ। उक्त अवधिमा संसद सचिवालयमा जम्मा गरिएको सबै कागजातमा चौधरीकै हस्ताक्षर रहेको कुरा पनि स्पष्ट पारेका छन् । मेरै निर्वाचन क्षेत्र रहेको जनकपुरधाममा विगत लामो समय देखि पत्ररकारीता गर्दै आएका र प्रेस मञ्च नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका बिन्द किशोर साह (किशोर गुरु) मेरो स्वकीय सचिव रहेको समेत उनले स्पष्ट पारे ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed