विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छिपहरमाई गाँउपालिकामा आज वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

पोखरिया//  पर्साको छिपहरमाई गाँउपालिकामा आज वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा छिपहरमाई गाँउपालिका वडा नं. १ संघिय समाजवादी फोरम बाट निर्वाचित वडा अध्यक्ष राजबली यादव सहित फोरमका सयौं नेता कार्यकर्ताहरु प्रवेश गरेका थिए । तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत सामुदायिक वृद्धा आश्रम तथा प्रशुति सेवा भवनको छुटाछुटै शिलान्यास पश्चात आयोजित पार्टी प्रवेशलाई सम्बोधन गर्दै मन्त्री पंडितले कर्मचारी समायोज पश्चात स्थानिय तहमा देखिएको कर्मचारी अभाव हटने बताउनु भयो ।

Karaiya Mai Notice Winter

मुलुक बिकाश र समृद्धिको दिशातर्फ अघि बढिसकेको भन्दै अब देशमा आमुल परिर्वतन हुने मन्त्री पंडितले दावि गर्नुभयो । गाँउपालिका अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, पुर्व सांसद जयप्रकाश थारु, जुनेद अंसारी, जगरनाथपुर गाँउपालिकाका प्रमुख जालिम मियाँ, ठोरी गाँउपालिकाका प्रमुख पिएल श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष केसी लामिछाने ,पर्सा उपाध्यक्ष अनुप तिवारी लगायतकाले धारणा राखेका थिए । भिस्वा उच्च माध्यमिक प्राङ्गनमा आयोजित कार्यक्रमलाई नेकपाका प्रदेश सदस्य रामबाबु बैठाले सहजीकरण गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed