विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बाराको गंगापुरमा निर्मित कलैया अस्थायी कोभिड अस्पतालमा ५० जना कोरोना संक्रमीतको उपचार गरिदै

सिम्रौन्गढ़ नपा psa

बिनोद पटेल, बारा ।

बाराको कलैया उपमहानगरपालिकामा रहेको कलैया अस्पताल जेठ ५ गते देखि कोरोना भाईरसका बिरामीहरुको लागि आईसुलेशन सेबा सुरु गरेकोमा अहिलेसम्म ५० जना कोरोना भाईरस पोजेटिभ बिरामीको आईसोलेशनमा राखी उपचार गरिदै छ । कलैया उपमहानगरपलिका स्थिती कलैया अस्पतालमा अहिले सम्म ५० जनाको आईशोलेशनमा राखी उपचार भइरहेको
निर्मित कलैया अस्थायी कोभिड अस्पतालका ईन्चार्ज डा. ओम प्रकाश कुशवाहाले बताए ।।

अहिले सम्ममा बारा जिल्लाको बिभिन्न ठाउँहरु जस्तै सिमरौनगढ नगरपालिका ६ जना, महागढीमाई नगरपालिका २० जना, जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक गरि ७ जना फेटा गाउँपालिकाका १ जना, पचरौता नगरपालिकाका १४ जना गरी अहिलेसम्म ५० जनाको आईसोलेशन वाडमा राखी उपचार भैईरहेको छ । सुरुमा कोरोना पोजेटिभ देखिएका एक जना पत्रकार र एक जना प्रहरीको आज दोस्रोपल्टको रिपोर्ट पनि निगेटिभ आएको छ र आज तेस्रोपटक गरिएको (PCR ) अर्थात स्वाबको रिपोर्ट भोलि निगेटिभ आएमा उनिहरु २ जना लाई भोलि नै डिस्चार्ज गरिने डा. कुशवाहाले बताए ।

Prasauni holi 2082
karaiya holi 2082

साथै कलैया अस्पताल बाट पुर्णरुपले कोरोना पोजेटिभ बिरामीलाई अन्यत्र सार्नेको लागी विभिन्न राजनितिक दल र स्थानीयले बिरोधि गर्दै आएपछि कलैया उपमहानगरपालिका अन्तर्गत पर्ने गंगापुरको तालिम केन्द्रमा पहिला देखि क्वारेन्टाइन संचालमा रहेको र जेठ १६ गते देखि कलैया अस्पतालका आईसुलेशनमा राखिएका सम्पुर्ण संक्रमीत लाई निर्मित अस्थायी कलैया कोभिड अस्पताल गंगापुर तालिम केन्द्रमा राखिएका छन । साथै २ जना पचरौता नगारपालिका कबिलासपुरका २ जना सस्पेस्टेट केशको रिपोर्ट हेरी डिस्चार्ज समेत गरिएको छ ।

निर्मित कलैया अस्थायी कोभिड अस्पतालमा डा. अोम प्रकाश कुशवाहा सङ्गै डा. ललन महतो पारामेडिक्स, नवल किशोर पंडित, सांक्षी गुप्ता लगाएत ९ जनाको टिम दिन रात उपचारमा संलग्न रहेका छन । ५० बेडको बेवास्ता भएको अस्थायी कोभिड अस्पतालमा राखिएकाहरु लाई कोरोना संक्रमित भिजिटका लागि बिहान बेलुका गरी एक पल्ट फोनले र अर्को पल्ट वाडमा राखिएका बेडमा गएर संक्रमीतको अवस्था स्थिती बुझने गरेको डा. कुशवाहाले बताए ।

कोरोना संक्रमित बिरामीहरुलाई युनिम बुस्टर नामक औषधी र कसैकसैमा घाँटी खस खसाउनेमा उनिहरुलाई माउथ गार्गल, मन तातोपानी खुवाई रहेको र संक्रमीतहरु लाई २४ घन्टा सिसि टिभीको माध्यमले मोनेटेरिङग भइरहेको र थप बेडको व्यवस्थापन भइरहेको निर्मित कलैया अस्थायी कोभिड अस्पतालका ईन्चार्ज डा. ओम प्रकाश कुशवाहाले जानकारी दिनुभयो। साथै अब केहि दिनमा कलैया अस्पताल लाई अोपिडी सेवा सुचारु हुने भएको छ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed