CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डा. सिके राउतका कार्यकर्ता ले गरेको दुर्व्यवहार प्रति ईन्टरनेशनल प्रेस क्लबले गरे घोरनिन्दा

फेटा GP PSA
2,526
सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम।।   विगतका दिनमा देेेश विखन्डन कारी       भनी जेल काट्दै आएका  स्वराजी गठबंधनको आइतबार जनकपुरधाम बिमान स्थलमा देखिएको सञ्चारकर्मी सँगको ब्यबहार प्रति ईन्टरनेशनल प्रेस क्लबले खेद प्रकट तथा उक्त कार्यको घोर भर्त्सना गरेका छन । 

समाचार संकलनका लागि जनकपुरधाम विमान स्थल पुगेका पत्रकारलाई आइतवार स्वतन्त्र मधेश गठबन्धनका स्वराजी कमाण्डर भनिएका सीके राउतका निजी गार्ड र नेता कार्यकर्ताहरुद्वारा गरिएको अवरोध दुव्र्यवहार घटनाप्रति ईन्टरनेशनल प्रेस क्लबको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देशका चौथो अंग भनिएका पत्रकारले कुनैपनि विचारधाराको संघ संगठन वा राजनितिक दलले गरेको गतिविधि बारे स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकार हो, तर डा. सिके राउतका कार्यकर्ताहरुले पत्रकारलाई समाचार संकलनमा गरेको अवरोध र दुव्र्यवहार घटनाको घोर भत्र्सना गर्दछौ भने विज्ञप्ति मा उल्लेख गरेका छन् ।

साथै पत्रकारहरुसंग भएको अवरोध र दुव्र्यवहार घटनाको छानबीन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसंग मांग गर्दै आगामी दिनमा पत्रकारलाई समाचार संकलन वा सम्प्रेषण कुनैपनि संघ संगठन वा राजनीतिक दलले अवरोध पुरयाउने र दुव्र्यवहार जस्ता कार्य भए ईन्टरनेशनल प्रेस क्लबका प्रदेश न. २ का संयोजक कुलदिप दास “प्रेम” ले   विरोधका कडा कदम चाल्ने सम्बन्धित निकायलाई सचेत समेत गराउन चाहन्छौ पनि विज्ञप्ति मा उल्लेख गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश