CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आर्दश कोतवाल गाँउपालिकाको योजना अधुरो रहेपनि रकम भुक्तानी गरीयो

फेटा GP PSA
992
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

आर्दश कोतवाल गाँउपालिकाको अधिकान्स योजनाहरु अधुरो रहेपनि भुक्ततानी भईसकेको रहस्य वाहिर आएको छ । आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ५ रुपौलियामा नेपाली काँग्रेस आर्दश कोतवालले पत्रकार सम्म्ेलन गरि यस्तो जानकारी गराएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

२०७६ असार १० गते परिषद सम्पन्न भएको दावी गर्नु अनि तत्कालिन निमित प्रमुख प्रशासकिय अधिकृत शिवपुजन यादवले च. नम्बर १०६ को पत्र अनुसार २०७६ साल अशोज १७ गते आर्थिक बर्ष २०७६÷७७ को परिषद गर्नलाई अध्यक्षको नाममा पत्र काटनु त्यसमा रहस्य लुकेको पत्रकार सम्मेलनमा भनिएको थियो ।

त्यसैले आर्थिक बर्ष २०७४, ७५, ७६ र ७७ को सबै योजनाहरुको अनुगमन निरिक्षण सरोकारवाला निकायहरु लाई गर्न जरुरी रहेको कुरामा जोड दिएको थियो । रुपौलयको पोखरीको निर्माण तथा सरसफाई नै नगरी उपभोक्ता समितिले २१ लाख २५ हजार पैसा निकाली समितिले कामको परफारक समेत गरेको आरोप काँग्रेसको रहेको छ ।

अख्यितारमा रुपौलियका पोखरी लगायत पालिकाका अन्य बिषय समेटी २०७६ साल कार्तिक १८ गते अख्तियारको कार्यालय हेटौडामा निवेदन दर्ता गरि छानबिनको माँग गरेका थिए तर अहिले मुद्धा बिचराधिनमा रहेको अवस्थामा पोखरा पुनह खनाउनु गलत रहेको रुपैौलियका दिनेश यादवले भने।

Karaiya Mai Notice Winter

नागरिकका लागि एम्बुलेन्स भडामा चलाउनु , जननिर्वाचित प्रतिनिधिहरुको लागि महगो गाडी खरिद गर्नु, दलित अवास निर्माणमा पनि पार्दशिता नगरेको, पालिकाहरुमा माटो पुरी ग्राभेलमा पनि मापडण्ड बिपरित काम गरेको सो पत्रकार सम्मेलनमा शिवनाथ महतोले आरोप लगाएको थियो ।

त्यति मात्र नभई ईलका प्रहरी कार्यालयमा निर्मानाधिन दुर्गा मन्दिर, ब्रम्हबाबाको कंपाउण्डमा रहेको पर्खाल निर्माण, चिउटाहाको पोखरीमा निर्माणाधिन सुर्य नारयण भगवानको मन्दिर , स्वास्थ्यचौकी चिउटाहामा रहेको मन्दिरको जग्गाका हिसावकिताव पार्दशित नगरेको, कर्मचारी नियुतिm नियम विपरित गरेको महतोले आरोप रहेको छ । समाजिक सुरक्षा भता प्रदान नगर्नु, उपभोक्ता निर्माणमा काखापाखा गर्नु, वडा नम्बर ५ का वडाकार्यालय नखोल्नु वडाअध्यक्षले घरबाट नै कामकाज गर्नु, काम सम्पन्न नै नभई सम्पन्न भएको सिफारिस वडा अध्यक्ष चन्देश्वर गिरी दिनु, सूचनाको हक प्रयोग गरि पटक पटक सुचना माँग गर्दापनि गाँउपालिकाका अध्यक्ष शेख मुस्तुफाबाट सुचना प्रदान नगर्नुले पनि हामीलाई शंका उब्जाएको कोईलिडिहका सत्यनारयण यादवको भनाई रहेको छ ।

तर वडाअध्यक्ष गिरीले प्राविधिकहरुको टोलीले २१ लाख २५ हजारको काम भएको मुल्याकन दिएपछि आफुले सिफारिस दिएको दावी गरे । यता पोखरी निर्माण तथा सरसफाई समितिका अध्यक्ष चन्द्रदेव गिरीले अख्तियारबाट पोखरी सरसफाई गर्न आदेश दिए बमोजिम आफनो ब्यतिmगत ५ लाखको लगानीमा सरसफाई गरिरहेको दावी उनको रहेको छ ।

आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष शेख मुस्तुफाले योजनका सबै कामहरु नियमसंगत, प्रक्रियामा गई गरेको दावी गर्दे समाजिक सुरक्षाभतामा लकडाउनको बाध्यता अनलाईन फर्म भर्नमा कठिनाई र वडाअध्यक्षहरुले समयमा डाटा नदिनुले समयमा समाजिक सुरक्षाभता प्रदान नगर्नु पालिकाको कमजोरी भएको स्वीकार गर्दे केही ब्यतिmहरुले बिकासको काम राजनितिक पुर्वाग्राहीबाट रोक्न खाजेको आरोप लगाए ।

नेपाली काँग्रेसका केही ब्यक्तिहरु लाई पनि उपभोक्ता समित राखेर काम अगाडी बढाएको बताउदै पालिकाको कुनैपनि परिषद बहुमतको अधारमा नगरी निर्वाचित ४४ जनाको सहमतिमा नै गरेको अध्यक्ष मुस्तुफाको दावी रहेको छ । पत्रकार सम्मेलनमा मेदनी मण्डल धानुक, राधव यादव, शोभी मण्डल, जमुना गुप्ता, दिनेश पटेल, हरेन्द्र साह, सत्य नारयण यादव, शिवनाथ महतो,रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश