CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सामा २३१ अति विपन्न गरिब घरपरिवारलाई राहत वितरण

फेटा GP PSA
827
सिम्रौन्गढ़ नपा psa

वीरगंज, २२ जेष्ठ /
पर्साको वीरगंंज महानगरपालिका वडा नं.–१७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा सुत्केरी आमा लगायतकालाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.–३ को आर्थिक सहयोगमा एकिकृत राहत प्याकेज आज वितरण गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको आज ७३ औ दिन भइसकेको छ । संघ प्रदेश, स्थानिय तहले लकडाउनको अवस्थामा दैनिक मजदुरी गरि खाने गरिब अति विपन्न घर परिवार पूर्ण रुपले प्रभावित भएको अवस्थामा मिथिला वाइल्ड लाइफ ट्रष्टले समाजिक दुरी कायम गर्दै आज ७५ परिवार लाई सो राहत वितरण गरेको मिथिला वाइल्ड लाइफ ट्रष्टका पर्सा प्रतिनिधि श्रवण प्रसाद साहले बताए ।

वडा नं.–१७ का वडाअध्यक्ष सुखरानी देवीको विशेष उपस्थितिमा तथा नेपाल युवा परिषद् बारा र भोजपुरी टाइम्स दैनिको समन्वयमा चामल, दाल, आलु, प्याज, खाने तेल, नून, स्वाविन, नुहाउने साबुन, अण्डा, हरियो तरकारी लउका, साग, करैला बोडी लगायत खाद्यान्न सामग्रीको प्याकेज वितरण गरिएको मिथिला वाइल्ड लाइफ ट्रष्टका प्रतिनिधि साहले बताए । राहत पाएपछि स्थानियहरु खुसी हुदै संस्थालाई धन्यबाद समेत दिएका थिए ।

Karaiya Mai Notice Winter

राहत वितरण कार्यक्रममा जनता समाजवादी पार्टीका बिरेन्द्र प्रसाद यादव, राप्रपा पार्टीका दलित संगठनका केन्द्रिय सदस्य उमेश राम, नेता छठु साह, राप्रपा मुस्लिम संगठनका केन्द्रिय सदस्य अमर हुसैन पवरिया, द नेपाल टप अनलाईका पर्सा प्रतिनिधि नरेश सर्राफ, भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया र फोटो पत्रकार एसएम जहाँगस्त, रातोपाटी अनलाईनका अमित अग्रवाल, मिरमिरे नलाईनका दिपक चौरसिया, वीरगंज दैनिकका रंजित चौरसिया, आजतक दैनिकका बिनोद पटेल, आकाश एफएमका आशिक अंसारी, नेपाल युवा परिषद बाराका सचिव दिवाकर प्रसाद कल्वार, युवा समाजसेवी अनिल कुमार कुशवाहा, मिथिला वाइल्ड लाइफ ट्रष्ट बाराका प्रतिनिधि राजेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

मिथिला वाइल्ड लाइफ ट्रष्ट, छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा भोर नामक संस्थासंग मिलेर देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती, एकल महिला, सुत्केरी तथा अपांगहरुलाई विशेष राहत प्याकेज प्रदान गर्ने योजना अनुसार आज राहत वितरण गरिएको छ ।

यस अघि पकहामैनपुर गाउँपालिकाको वाड नं. ४ स्थित मुसहर बस्तीका ८५ घर परिवार, जिराभवानी गाउँपालिका वडा नं. १ पकडीटोलका ३६ घर परिवार र वडा नं. ४ का ३५ घर परिवार र आज वीरगंज १७ मा ७५ घरपरिवार गरी २३१ अतिबिपन्न परिवारलाई राहत वितरण गरिएको पर्सा प्रतिनिधि साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश