CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरगंजमा रक्त अभाव, समाज परिवर्तन नेपालले गरे आक्स्मिक रक्तदान कार्यक्रम

फेटा GP PSA
1,015
सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बीरगंज ।

बिरगंजमा रक्त अभाव हुदा समाज परिवर्तन नेपालले आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। वीरगंज महानगरपालिकामा आज आक्स्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस महामारीको समयमा नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकालाई रक्तको अभाव नहोस भनी आज आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

समाज परिवर्तन नेपाल द्वारा आयोजना गरिएको बिरगंज महानगरपालिका वडा नं १४ पिपरामा रहेको नर्सिङ माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको अध्यक्षतामा र वीरगंज महानगरपालिका का नगर प्रमुख विजयकुमार सरावगीको प्रमुख अतिथिमा आयोजना गरिएको कार्यक्रमलाई स्वयम रक्तदान गरि उद्घाटन गरेका थिए । सो रक्तदान कार्यक्रममा १ महिला र ६० पुरुष गरि कुल ६१ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा श्रजना दाहाल, दिपेन्द्र साह, राहुल साह, रोशन सरार्फ, दिपेन्द्र पटेल,विशेशर पटेल, सिकेन्दर पटेल, विकेश पटेल, नविन पटेल,रुपेश साह, अर्जुन साह, शम्भु साह, कन्हैया झा र जगरनाथ प्रसाद कलवार गरि एक महिला सहित ६१ जनाले रक्तदान गरेका थिए।

साथै समाजसेवी जयमंगला कापर, वडा नं.१४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मी,वडा नं.१५ का गजेन्द्र प्रसाद कुर्मी, नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, कुन्दन सिंह कुर्मी,समाज परिवर्तन नेपालका कोषाध्यक्ष रोशन सरार्फ, सचिव राहुल साह, सहसचिव धर्मेन्द्र पटेल, सदस्यहरुमा दिपेन्द्र साह, राकेश कुमार साह कार्यक्रममा सहभागीता रहेको थियो।

रक्तदान गर्दै समाज परिवर्तन नेपालका अध्यक्ष गुप्ता र सचिव अध्यक्ष साहले ७ -८ महीनाको अवधिमा,बाटो मर्मत,जाड़ोको समयमा कम्बल दाउरा बितरण देखी लक डाउनको समयमा पनि संस्थाले कोरोना भाईरसबारे बिभिन्न जनचेतना मुलक कार्यक्रम,बिभिन्न वाड्मा मास्क ,सेनिटाइजर,साबुन डोल बितरण सार्बजनिक स्थल सरसफाई र अति आवश्यक बिपन्न परिवारलाई राहत समेत बितरण गरेको छ । संस्थाले हरेक बर्ष कम्तिमा ३ पल्ट रक्तदान गर्ने अध्यक्ष साहले घोषणा समेत गर्नुभएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश