विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साह दम्पतीको सहयोगमा २ सय ५० घरपरिवारलाई नि:शुल्क भोजन

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम।

लकडाउनमा विपन्न असहायलाई लक्षित गरि रामजानकी तेली कुट्टीद्वारा संचालित नि:शुल्क भोजन शिविर सोमबार ११ औँ दिन पनि जारी रहेको छ । उक्त नि:शुल्क भोजन शिविरमा दैनिक एक हजार भन्दा बढी व्यक्तिलाई खाना खुवाउने गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोरोना भाईरसका कारण आर्थिक रुपमा प्रत्यक्ष असर परेका विपन्न समुदायलाई लक्षित गरी गत विगत ११ दिनदेखि शुरु भएको तेली कुट्टीद्वारा संचालित निःशुल्क भोजन शिविरको सोमबारको खर्च व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी राम नारायण साह तथा चन्द्रकला देवी साहले गरेका थिए । उक्त नि:शुल्क भोजन शिविरमा दैनिकजसो करिब २ सय ५० घरपरिवारका झण्डै एक हजार जना भन्दा बढी व्यक्ति लाभान्वित हुने गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा साह दम्पतीले संयुक्तरूपमा भोजन वितरण गर्दै उक्त कार्यको सुरुवात गरेका थिए । सोमबार पनि उक्त नि:शुल्क भोजन शिविरमा करिब १ हजार १ सय जनालाई खाना खुवाइएको साह दम्पतीले बताए । शिविरको ११ औँ दिन साह दम्पतीले आफ्नो निजी खर्चमा जनकपुर उपमहानगरपालिकाका करिब सबै वडाका २ सय ५० विपन्न घरपरिवारका १ हजार १ सय जना भन्दा बढीलाई खाना खुवाइएको उनका छोरा बिन्दकिशोर साहले बताए ।

सो अवसरमा मेयर साहका अतिरिक्त वडा नं. ७ का वडाध्यक्ष जानकीराम साह, जसपा नेता मनोज चौधरी, रामजानकी तेली कुट्टीका अध्यक्ष जिवछ साहलगायतको उपस्थिति थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed