विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इन्जिनियरहरु द्वारा समाज तथा सरकार लाई टेवा ! कोरोना संक्रमित लाई इलेक्ट्रोनिक जग वितरण

सिम्रौन्गढ़ नपा psa

रौतहट ।

विश्व व्यापी मानव संघारक महामारीले गर्दा हाम्रो नेपाल पनि अछुतो नरही कोरोनाको कहरले प्रभावित कोरोना संक्रमितहरुका लागी इलेक्ट्रोनिक जग वितरण गरिएको छ। यस्ता कहरले आफ्नो ज्यानको जोखिममा रहेका तथा सरकार लाई टेवा पुग्ने गरि मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति द्वारा गरिएको निर्णय अनुसार रौतहट जिल्ला कार्यसमितिले आइसोलेशनमा रहेको कोरोना संक्रमितहरु लाई इलेक्ट्रोनिक जग वितरण कार्य सम्पन्न गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्य रौतहट जिल्ला मा रहेको राजपुर नगरपालिका मा २० थान, परोहा नगरपालिका मा १५ थान, इश्वरनाथ नगरपालिका मा १५ थान सहित आइसोलेशनको प्रमुखलाई हस्तान्तरण गरिएको छ।

साथै इलेक्ट्रोनिक जग वितरण कार्यक्रममा प्रदेश नम्बर दुईको वरिष्ट उपाध्यक्ष ईन्जिनियर रघुनन्दन ठाकुर, जिल्ला अध्यक्ष ई. राधाकृष्ण साह, जिल्ला सचिव ई. ईनताज हुसेन, मिडिया संयोजक ई. सुभम कुमार साह, गौर नगरपालिकाको संयोजक ई. अविशेक कुमार गुप्ता, ईश्वरनाथ नगरपालिकाको संयोजक ई. सुनिल कुमार साह, राजपुर नगरपालिकाको संयोजक ई. साजिद आलम लगायत साथीहरुको उपस्थित तथा यश कार्यक्रममा  मधेस ईन्जिनियरइङ एसोसिएसन अस्ट्रेलियाका अध्यक्ष आर्यन सुरज राउतको विशेष सहयोग रहेको केन्द्रीय वरिष्ट उपाध्यक्ष ईन्जिनियर मनिष प्रसाद केशरीले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed