विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाबाट जोगिन जनचेतना अभियान

बिकाश पाण्डे // रौतहट//

सिम्रौन्गढ़ नपा psa

रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक कार्यक्रम गरिएको छ । चन्द्रपुरका ब्यबसायी तथा उपभोक्ताहरु कोरोना भाईरस (कोभिड १९) को मुख्य जोखिममा पर्ने भएको हुनाले नागरिक समाज चन्द्रपुर तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको संयुतm पहलमा जन चेतना अभियानको सुरुवात गरिएको हो । रौतहटमा दिनप्रतिदिन कोरोना भाईरसको त्रास बढ्दै गएपछि सो अभियानको सुरुवात गर्नुपरेको नेपाली काग्रेसका नेता अजय कुमार साहले जानकारी दिनु भयो । उहाले शनीबार देखि चन्द्रनिगापुरको मुख्य बजार बाट सुरु गरिएको सो अभियान निरन्तर जारी राख्ने बताउनु भयो । ब्यबसायी तथा उपभोक्ताको हित तथा कोरोनाबाट बच्न बचाउन माक्स, सेनिटाईजर वितरण गदै चन्द्रनिगाहपुरको हरेक पसलमा पुगेर सर्तक रहन आग्रह गरिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल जयसवालले जानकारी दिनु भयो । उहाले,साबुन पानीले हात धोऔं, सामाजिक दुरी कायम गरी व्यापार गरौं, माक्स तथा सेनिटाईजरको प्रयोग गरी आफु पनि बचौं अरुलाई पनि बचाउ भन्दै हरेक पसलमा पुगेर सतर्कता अपनाउन आग्रह गरेको बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed