CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँ सभा उद्घाटनमै सिमित

फेटा GP PSA
1,585
सिम्रौन्गढ़ नपा psa

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँ सभा उद्घाटनमै सिमित भएको छ । देशभरिका स्थानीय तहले असार १० गते भित्रमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि गाउँ सभाले नीति तथा कार्यक्रम र बजेट पारित गरिसक्नु पर्ने थियो ।

तर गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको कारणले गाउँ सभा उद्घाटनमै सिमित भएको छ । असार १४ गते गाउँ सभाका भेला भएका सदस्यहरुले गाउँपालिकामा भएको अनियमितता र अपारदर्शीताबारे प्रश्न गरेपछि अध्यक्ष जैसवालले आलटाल गरेर गाउँ सभा गर्न खोजेपछि सो दिन गाउँ सभा हुन सकेको थिएन ।

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सो दिन भेला भएका सदस्यहरुले सेनेटाईजर १०० एमएल वितरण गरेर ५०० एमएलको बिल भरपाई बनाएको, विगतको आय–व्यय किन सार्वजनिक नगरेको, नीति नियम र ऐन कानुन के के बनेका छन् सार्वजनिक किन नगरेको, के–के सामग्री खरिद भएको छ तथ्यांक किन नदिएको, कोभिड र राहतमा के कति खर्च भएको छ सो को विवरण दिन गाउँपालिका अध्यक्ष जैसवालसँग जवाफ मागेका थिए ।

 

 

यस्तै, जमुनिया खोला र पोखरीबाट के कति राजस्व उठेको छ सो को पनि सदस्यहरुले जानकारी माग गरिएकोमा गापा अध्यक्ष जैसवालले जानकारी नदिई आलटाल गरे आगाडि बढ्न खोजेपछि सदस्यहरुले विरोध गरे पश्चात सभा हुन सकेको थिएन ।

भोलिपल्ट असर १५ गते सम्पूर्ण सभा सदस्य उपस्थित भए पनि गापा अध्यक्ष जैसवाल आफै अनुपस्थित हुदाँ यसपालीको गाउँ सभा अध्यक्ष जैसवालको रवैया कारण तत्काल नहुने सभा सदस्य धर्मराज साहले बताए ।

Karaiya Mai Notice Winter

कोभिड १९ व्यवस्थापन र राहत खरिदमा व्यापक अनियमितता गरेर हालसम्म मात्र १५ के.जी. मात्र राहत वितरण गरेको र जनतालाई विभिन्न झुठो आश्वासन दिई राहत नबाँडेकोमा दुई पटक गाउँपालिकामा ताला समेत लागेको थियो ।

क्वारेन्टाइनलाई व्यवस्थित नगरी खसी काटेर भोजभतेर गरेर ठुला बडालाई भोज खुवाई मोजमस्ती गरेको र गरिब, असहाय एवं दिनदुखीलाई भोकै राखेकोमा पुरै हिसाब किताब माग गरिएको सभा सदस्य प्रदिप चौधरीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष जैसवालले एकलौटी पाराले गाउँपालिका चलाउन खोजेको र सामाजिक, स्वास्थ्य एवं योजनाको कर्मचारीसंगको मिलोमतोमा व्यापक भ्रस्टाचार गरी गाउँपालिकालाई बदनाम गराउन खोजेको अर्का सभा सदस्य पारस महतोले बताए । हैकमवादी पाराले गाउँ सभा गराउन खोजेकोमा सोको विरोध गरिएको उनले भने ।

 

 

 

विगतको समयमा पनि अध्यक्ष जैसवालले आफ्नो ५ नं. वडा महुवनमा २ करोडको कालोपत्रे, ७० लाखको नाला, ५० लाखको मन्दिर, विद्यालय र तालीम गोष्ठीमा बढी रकम छुट्याई अरु वडासंग सौतेला व्यवहार गरेको र महुवन वडा बाहेकको बाँकी सबै वडाको शिक्षा, स्वास्थ्य, सिंचाई, बाटोघाटो एकदमै दयनिय अवस्थामा रहेको अर्का सभासदस्य इनरदेव महतोले आरोप लगाए । यसर्थ आगामी आर्थिक वर्षमा सम्पूर्ण बजेटको वडा स्तरमा सही अनुपातले विनियोजन गरी अगाडि बढ्ने सहमति गरे मात्र सभा संचालन हुने उनले भने ।

 

 

गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालले भने काम गर्ने क्रममा सबैलाई सन्तुष्ट पार्न नसकिने भए पनि गाउँसभा मार्फत नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेसम्म सहमतिको प्रयास भइरहेको बताए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश