विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

६ लाख जनसंख्या रहेको पर्सा जिल्लामा प्रधानमन्त्री ओलिको समर्थनमा ३५/४० जना ले निकाले जुलुस

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, ।

पर्सा नेकपा भित्र बिबाद चुलिएको बेला अप्ठ्यारोमा परेका पार्टी अध्यक्ष एवम प्रधानमंत्री केपी शर्मा ओली द्वारा निर्देशित दवाव आन्दोलन अनुसार नेकपा पर्सा अध्यक्ष प्रभु हजरा को संयोजनमा आयोजित दवाव रैलिमा बिरगंजमा ३५/४० जना सहभागी भएका थिए । केपी ओली गुटमा छिरेर पद जोगाउन लागि परेका नेकपा पर्सा अध्यक्ष स्वयं ले ठाउँ–ठाउँमा फोन गरी रैलीमा सहभागी गराउन नुवार्न देखि टुप्पी सम्मको बल लगाए पनि कुल ६ लाख जनसंख्या भएको पर्सा जिल्लामा ओली समर्थनमा वीरगञ्जमा निकालिएको रैली मा ३५/४० जना भन्दा बढी सहभागी हुन नसकुनु ले उनको क्षमता माथि प्रश्न चिन्ह खडा भएको उनकै पक्षधरका एक सदस्य ले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

२०७० सालको संविधान सभाको निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित संविधान सभा सदस्य राजकुमार गुप्ता स्वयं रैलि मा सहभागी भए । ओली को समर्थनमा सहभागी संविधान सभा सदस्य एवम आगामी निर्वाचनमा पर्सा क्षेत्र नं ०३ बाट संघिय सांसद को प्रत्यासी को आकांक्षी गुप्ता को स्वयं सहभागिता रहेकरे रैली को हबिगत देखेर उनको लोकप्रियता को आकलन सुरु भएको छ ।

नेकपा पर्सा जिल्ला कमिटी सदस्य एवम् नेसनल मेडिकल कलेज का संचालक बसरुदिन अनसारी रैलिमा सहभागी नभए पनि उनी निकटका प्राय कार्यकर्ताहरु रैलिमा सहभागी थिए । पर्सा जिल्ला का यी तिनै नेताहरुको दिन रातको जोड बल बाट निकालिएको रैली को हबिगत ले पर्सामा ओलिको प्रभाव न्यून रहेको र उनी निकट मानिएका हरुको प्रभाव जिल्लामा नरेहेको आम वीरगन्जबासी ले अनुमान लगाएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed