विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चिकित्सकलाई कोरोना संक्रमण पुस्टी भएपछी विराट नर्सिङ होम सिल

सिम्रौन्गढ़ नपा psa
विराटनगर, ०८श्रावन
बिराटनगरकै एक प्रतिस्ठित अस्पताल बिराट नर्सिङ होम भित्र अस्पतालकै चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।
Karaiya Mai Notice Winter
बुधबार विराटनगर तीनपैनी घर भएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । अस्पतालले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित समेत पहिचान गर्न गाह्रो परेको थियो । अस्पतालको चिकित्सकमा संक्रमण पुष्टि भएको हल्ला चलेपछि विरामी नआउने र अस्पताल सिल गर्नुपर्ने भएकोले विराटको प्रशासनले संक्रमितको पहिचान नै लुकाएको हो ।
बुधबारदेखि प्रहरीले संक्रमित व्यक्तिको खोजी गर्ने क्रममा अस्पतालकै व्यक्ति संक्रमित भएको बिहीबार पत्ता लगाएको हो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तत्काल सिल गर्नका लागि निर्देशन दिनु भएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सुचना टाँस गर्दै अस्पताल अनिश्चितकालका लागि सिल गरिएको जानकारी दिइएका हुन् । अस्पतालका व्यवस्थापनका अमित कुशवाहाले कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको स्वाब संकलन र परीक्षणको तयारी भईरहेको बताएका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed