CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेमको पर्व कहाँ र कसरी भयो सुरु !

फेटा GP PSA
1,188
सिम्रौन्गढ़ नपा psa

सन्दिप साह, कलैया, बारा। 

विश्वका विभिन्न ठाँउ संगै हाम्रो देशमा पनि रक्षाबन्धन मनाउने परम्परा रहेको छ । दिदिबहिनीले आफ्नो भाइ दाइलाइ रक्षा बाधेर आशिर्वाद दिने तथा भाइहरुले आफ्नो दिदीबहिनीको सधैं रक्षा गर्ने भन्ने संकल्पका साथ रक्षा बाध्ने र मनाउने गरिन्छ । रक्षा-बन्धनलाइ भाइ बहिनिहरुको प्रेमको प्रतीक पनि मानिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रक्षा- बन्धनको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा विभिन्न प्रसङ्गहरु रहेका छन। आज भन्दा ६ सय बर्ष पुर्ब रक्षा- बन्धनको सुरुवात भएको मानिन्छ । माहाभारत कालमा भगवान कृष्णको एउटा शुद देवि नामक सानी आमा हुनुहुन्थ्यो । उहाँले शिशुपालक नामक एउटा बिकृत बच्चाको जन्म दिनुभयो। त्यस बच्चालाई सराप पाएको थियोे कि जुन ब्यक्तीबाट यो बच्चा ठिक हुन्छ त्यही ब्यक्तीबाट यो बच्चाको मृत्यु पनि हुन्छ ।

यो कुरा सुनेर कृष्ण भगवानको सानी आमा धेरै दुखित हुनुहुन्थ्यो । त्यहि समयमा आफ्नो सानी आमालाई भेट्न् कृष्ण भगवान आउनु भयो । आफ्नो सानी आमालाइ भेट्ने क्रममा बच्चालाई आफ्नो काखमा लिनुभयो। कृष्ण भगवानको काखमा पर्ने बितिकै बच्चा अर्थात शिशुपालक अचानक निको भयो । त्यो देखेर शुद देवि धेरै खुशी भइन सङसगै दुखि पनि भइन कि अब मेरो बच्चाको मृत्यु पनि कृष्ण भगवानको हातले हुन्छ। जसको कारणले उनी कृष्ण भगवान अगाडि रोएर आफ्नो बच्चालाई नमार्न अनुरोध गरिन ।

Karaiya Mai Notice Winter

कृष्ण भगवानले पनि शिशुपालकले १०० भन्दा बढी गल्ती गर्यो भने दण्ड दिने र गरेन भने दण्ड नदिने प्रतीक्षा गर्नुभयो। समय बित्दै गयो ।शिशुपालक ठुला भएपछि चेडि नामक राज्यको राजा बन्यो उ क्रूर र अन्यायि ब्यक्ती थियोे । आफ्नो राज्यको जन्तालाइ सताउने काम गर्थे । उसले धेरै गल्ती गर्यो। समय बित्दै जादा एक दिन एउटा सभामा कृष्ण भगवानलाई शिशुपालकले धेरै अपमानित गरे र यो उनको १०० भन्दा बढी गल्ती थियो।

त्यही बेला कृष्ण भगवान रिशले चुर चुर भएर आफ्नो सुदर्शन चक्र शिशुपालक माथी प्रहार गरि डन्डीत गरे । चक्र चलाउदा भगवान कृष्णको औंला काटिदा रगत बग्न थाल्यो।यो देखेर कृष्ण भगवानको हात बाध्न सबै जनाले कपडा खोज्नथाले त्यही बेला द्रोपातिले आफ्नो साडिको आचल च्यातेर कृष्ण भगवानको औला बाधिन ।

जस्को कारणले रगत बग्न बन्द भयो। यो हेरेर कृष्ण भगवानले भने धन्यवाद मेरो प्यारी बहिनी जसरी तिमी मेरो दुखमा साथ दियौ त्यसरी नै म पनि तिम्रो दुखमा साथ दिन्छु भनी प्रतिज्ञा गरि भगवान श्री कृष्णले वचन दिएका थिए । त्यही घटनाबाट रक्षा- बन्धनको प्रारम्भ भयो। त्यही प्रतिज्ञाको कारण द्रोपती चिरहरण हुँदा भगवान कृष्णले द्रोपतिको लाज बचाएका थिए ।

यसरी द्वापर युग देखि नै बहिनीले आफ्नो भाइको हातमा रक्षा बाधेर आशीर्वाद लिन्छन् र भाइहरुले पनि आफ्नो बहिनिको रक्षा गर्ने प्रतिज्ञा गर्छन। यो आज सम्म पनि हाम्रो समुदायमा चलिआएको छ । टाढा टाढा बसोबास गरिरहेको भाइबहिनीहरु पनि यस दिनमा भेटेर रक्षा बाधि आशिर्वाद लिने तथा भाइ हरुले आफ्नो बहिनिको रक्षा गर्ने प्रतिज्ञा लिइ रक्षा- बन्धन धुमधामका साथ मनाइन्छ ।

बहिनिले भाइको हातमा रक्षा-बन्धन बाधी टीका लगाइ आशीर्वाद लिने तथा भाइहरुले पनि रक्षा- बन्धनको बदलामा बहिनीलाई सधै रक्षा गर्ने , परेको बेला सहयोग गर्ने भनी संकल्प गरि उचित उपहार पनि दिने हाम्रो समाजमा परम्परा रहेको छ । यसरी रक्षा-बन्धन भाइबहिनीको प्रेमको प्रतिकको रुपमा रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश