विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टी पर्सा द्वारा विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र

सिम्रौन्गढ़ नपा psa

वीरगंज २५ साउन ।

जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साले विभिन्न मागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज संतोष साहले जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सो ध्यानाकर्षण पत्रमा कुनै पनि विरामीलाई कुनै पनि अस्पतालले उपचार गराउन आएका बिरामीलाई कुनै पनि बाहानामा उपचार नगरी फिर्ता नपठाओस, अस्पतालले भर्ना नगर्दा उपचारको अभावमा मुत्यु भएको पिडितलाई क्षतिपुर्ती प्रदान गरियोस र दोषि अस्पताल माथी कडा भन्दा कडा कारवाहि गरियोस, एक घर एक परिक्षण युद्घ गतिमा गरियोस, पर्सा जिल्लामा मेडिकल इमरजेन्सी घोषणा गरि संघिय सरकारले प्रयापत परिक्षण किट, स्वास्थ सामाग्री र विशेष चिकित्सक टोली यथा सिध्र पर्सा जल्लामा पठाओस, चुल्हो निभ्न लागेका मजदुर, गरिब दैइनिक कमाउने खानेलाई राहत को ब्यवस्था गरियोस भनि माग उल्लेख रहेको छ ।

Karaiya Mai Notice Winter

 

विगत साढे ४ महिनाको कोविड १९ को चपेटामा पर्सा जिल्ला परेको सर्वविदितै छ । बिचमा सरकारले आफ्नो नीजी फाइदाको लागी जनता संग कर उठाउन लकडाउन खुकुलो गरी अहिले सम्पूर्ण पर्सा जिल्लामा समुदायस्तरमा कोरोनाको संक्रमण फैलाएको हाम्रो बुझाइ रहेको संयोजक साहले बताउनु भयो । जनताले राहत नपाउनु, संक्रमित परिवार को सदस्यको पनि टेष्टीङ्ग नगर्नु, अस्पतालको कुनै निगरानी नगर्नु यहाँ सम्मकी उपचार गराउन आएका बिरामी अस्पतालले भर्ना नगर्दा अस्पतालको गेटमै मर्न बाध्य हुनुले स्थानिय प्रशासन लगायत तिनै तह को सरकार क्रोरोनाको संक्रमण रोक्न र जनतालाई स्वास्थय उपचार उपलब्ध गराउन असफल रहेको जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साको ठहर छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत सो ध्यानाकर्षण पत्र पर्सा जिल्लाका सम्पूर्ण स्थानिय सरकार प्रमुखज्यूहरु, जिल्ला प्रशासन कार्यालय पर्सा, प्रदेश नं. २ को सरकार, जनसंख्या तथा स्वास्थय मन्त्रालयमा बोधार्थ पठाईएको जिल्ला ईन्चार्ज साहले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझाउने टोलीमा पार्टीका जिल्ला सह ईन्चार्ज राहुल रौनियार, पार्टीको महिला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सब्बु खातुन लगायतको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed