CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता ८ मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

फेटा GP PSA
1,128
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डे, कलैया, बारा।

पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । लंगडा चोकबाट पश्चिम तर्फ जादै गरेको ना ३४ प ३४०० नम्बरको एस्पेलेण्डर मोटरसाईकल आफै अनियन्त्रित भई भएको दुर्घटनामा परी नाम, थर, वतन नखेलेको अन्दाजी ३१ वर्षिय एक युवकको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तिब्र गतिमा रहेको उक्त मोटरसाईकल आफै अनियन्त्रित भई राजमार्गमा रहेको डोरा पुल (कल्भर्ट) को भित्तामा ठोकिएको थियो । पुलमा ठोकिएपछि युवक मोटरसाईकल सहित डोरा खोलामा खसेका थिए । मोटरसाईकलको अगाडीको भाग पुर्ण रुपमा क्षतिग्रस्त भएको र युवकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेर्दा मुस्लिम समुदायको जस्तो देखिने ती युवकको खल्तीबाट एक थान पानीमा भिजिसकेको मोबाईल समेत फेला परेको प्रहरीले जनाएको छ । मृतक युवकको शव परिक्षणको लागी कलैया ल्याउने तयारी भईरहेको र मृतकको पहिचान खोलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाकी छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश