CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज श्रीकृष्ण जन्माष्टमी, कोरोना भाइरसले प्रभावित

फेटा GP PSA
1,359
सिम्रौन्गढ़ नपा psa

अनिल पान्डेय, कलैया, बारा।

आज श्रीकृष्ण जन्माष्टमी ,मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित गीतादर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा द्वापरयुगमा माता देवकी र पिता वसुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म हुँदा बन्दीगृहका पहरेदार मोहित भई कारागार खुलेको हुँदा यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ ।

Karaiya Mai Notice Winter

पृथ्वीमा प्राणीको संरक्षण र धर्मको संस्थापनाका लागि भगवान विष्णुले आठौं अवतारको रुपमा कृष्ण अवतार लिनुभएको मानिन्छ । उहाँको यस अवतारलाई पूर्णावतार मानी भगवान कृष्णलाई योगेश्वर भन्ने गरिन्छ । धर्म रक्षार्थ उहाँले कंसको बध गर्नुभएको र गाई संरक्षणका लागि गोवद्र्धन पर्वत बचाउनुभएको पाइन्छ । भगवान कृष्णले कंसपात्र पूतनाको स्तनपान गरी रगतसमेत चुसेर उनको संहार गरेको सम्झनामा नागपञ्चमीदेखि देखाइने लाखेनाच कृष्णाष्टमीमा सेलाउने चलन छ ।

यस दिनमा कृष्णको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगायतका कृष्णलीलाको मञ्चन गरिन्छ । भगवान कृष्णले महाभारतको युद्धका बेला अन्याय र असत्यको बाटोमा लागेका कौरवको विपक्षमा रहेर सत्य र परोपकारमा लागेका पाण्डवलाई साथ दिई धर्मयुद्ध गराई न्यायको स्थापना गर्न सहयोग गर्नुभएको थियो । धनुषधारी अर्जुनको सारथी बनेर उहाँले दिनुभएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको गीतादर्शन विश्वमै बेजोड मानिन्छ ।

श्रीमदभागवत् गीताको रुपमा परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानित छ । कृष्णाष्टमीका दिन उहाँको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र,भगवतगीता,महाभारत, श्रीमदभागवत महापुराणको वाचन श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको झुला निकाली भजनकीर्तन र पूजाआजा गरिन्छ ।

तर यस वर्ष कारोना भइरसको संक्रमणबाट उत्पन्न महामारीका कारण यस वर्षको कृष्णाष्टमी पर्व प्रभावित भएको छ ।।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश