विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या

सिम्रौन्गढ़ नपा psa

उद​य​ तिवारी, रौत​ह​ट​।

रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

आज बिहान ६ बजे स्थानीयको खबर अनुसार जिंगडिया गाउँ भन्दा करिब ३ सय मिटर पर चौरमा शव बरामद भएको छ ।

Karaiya Mai Notice Winter

प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए ।

अहिले घटनास्थल प्रहरीले सुरक्षित बनाएर अनुसन्धानको लागि तालीम प्राप्त कुकुर मगाईँदैछ डिएसपी महतोले बताए ।

घटनास्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको घाँटी रेटेर हत्या गरेको हुनसक्ने डिएसपी ज्ञानकुमार महतोले आशंका व्यक्त गरेका छन् ।

घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने डिएसपी महतोले जानकारी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed