CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुरोहित द्वारा तीज तथा ऋषि पञ्चमीको पुजापाठ बन्द

फेटा GP PSA
869
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा ।

पुरोहितसहितका बाहुनहरु द्वारा घरघरमा गएर गरिने पुजापाठ बन्द गरिएको छ । बाराको महागढीमाइ नगरपालिकाको नेपाल ब्रह्मण समाजका संयोजक बेदानन्द शुक्लाले सोमबार एक बिज्ञप्ती जारी गरी सर्व सधारणमा बढ्दै गईरहेको कोरोना महामारीको प्रकोपबाट आफु बाहुनहरु जोगिनको साथै गाउँ समाजका अन्य यजमानको सदस्यहरुलाई बच्चाउन महामारी निष्कृय नभएसम्म पुजापाठ बन्द गरिएको जनाईएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बर्षौदेखि यजमानहरुको घरमा गरिदै आएको त्रयोदशीको पुजा आज सोमबार परेको दिन पनि राकिएको उहाँले बताउनु भयो । यसबर्षको तीज तथा ऋषी पञ्चमी पुजासमेत समाज तथा घरघरमा बाहुनहरुले नगरिने ब्रह्मण समाज द्वारा जनाइएको छ।

यसबर्ष यजमानहरुले आफै घरमा भगवानको प्रतिक फोटो, कुश वा कलशमा पुजा गरेर आत्मालाई शान्ति दिने समाजका संयोजक शुक्लाले सबै बर्गमा अनुरोध गर्नुभएको छ । तीज भदौ ५ गते शुक्रबार तथा ऋषि पञ्चमी भदौ ७ गते आईतबार मनाउने भएको छ ।

विश्व महामारीबाट बाँच्न कुनै पनि ठाउँमा सभा, भेला, गोष्ठी तथा सामुहिक भेला हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चित कालका लागि गरेका निषेधज्ञा पाल्ना गर्न कसैको घरमा गएर पुजा गर्न वा गराउन नहुने महागढीमाई नगरपालिकाका सबै ब्रह्मण समाजमा बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश