CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा दुइ गाउँ बीच झडप, १३ राउण्ड हवाई फायर

फेटा GP PSA
987
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा ।

बारामा दुई गाउबासी बिच झड्प हुदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नं.११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका वडा नं.६ पटेर्वाका वासिन्‍दा बिचको झड्प नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायाब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

झड्पका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाईते भएका छन्। घाईतेहरूको अवस्था सामान्य रहेको छ। कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिदा झड्प भएको डि.एस.पी मिश्रले बताए ।

गाउँ गाउँ बिच नैं आक्रमण र प्रतिकार शुरु भए पछी घरटहरा समेत भत्काउन शुरु गरे पछि जिल्लाबाट थप टोली परिचालन गरिएको तथा ६ सेल अश्रु ग्यास समेत प्रहार गर्दा पनि झड्प नरोकिएका कारण १३ राउण्ड हवाई फायर गरे पछि बल्ल स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थिति सामान्य भए पछि प्रहरी टोली फर्किएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश