विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेशी जनताको सहादत केका लागि, केके हुँदै !!

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

मधेशी जनताको सहादत केका लागि, केके हुँदै !! यो सुन्दा र पढ्दा दुई समुहका दुइटा कुरा मनमा उपजिन्छ। पहिला त मधेसी दलका ब्याक्तीले झर्को मानेर यस्ता कुरा लाई पटकै मन नपराइ त्यतिकै कुराकाट्ने भने अर्को पक्षले यो कुरा गरेर के फाइदा, अर्थात मधेसी दलले आफू बाचा पूरा गर्न नसकेको होइन बरु आफ्नो स्वार्थमा लिप्त भएकोले अरुकुरामा कुनै चासो नलिएको मधेसी सहिद तथा जिउदो सहिदहरुको भनाइ रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भने अर्को पक्षले यस्तो कुरामा निरासाका साथ आक्रोश पोख्दै, यो दलाल नेताहरुले केनै गर्ने हो कि यसको बारेमा चर्चा परिचर्चा गर्नु, सब बेकार छ, भन्ने गरेका छन्। तर यस बारेमा आज पनि चिन्तन गर्नु पर्ने हुन्छ नत्र भने हाम्रा सन्ततिले पनि यसको मोल चुकाउनु पर्छ। र सोही कुरा लाई लिएर हाम्रा समाजका धेरै जनताले ज्यान गुमाए धेरैले जिउदो सहिद भएर पनि बाचिरहेका छन्।

Karaiya Mai Notice Winter

तर यीनका सहादतको बलमा आज कुर्सीमा आसिन भएर कसै संग कुनै वास्ता नराखी आफ्नो सत्ताको स्वाद चाख्दै रावण रुपि व्यवहार भएका तथा आफ्नो मात्र भुडी भर्ने भ्रष्टाचारी नेताहरूको आहयो गर्दै मधेसको मसिहा भनाउनेहरुले आफू पनि सोही अनिरुप गर्नमा तल्लीन रहेको मधेसी सहिद परिवार जनले भन्ने गरेका छन् ।

मधेसी दलले सुरुमा आफ्नो विभिन्न मांगहरु जन्तामाझ ल्याएका थिए तर जन्ता लाइ मुर्ख बनाउदै ती सबै मांग र मुद्दा लाई छोड्दै, मात्र आफ्नो स्वार्थ सिद्ध गर्न लाइ विभिन्न  प्रकारका प्रोपोगन्डा तयार गर्दै अझै मधेसी जनता लाई मुर्ख मात्र बुझ्दै आइरहेका छन्।

मधेसी दलले पहिला उठाउदै आएका प्रमुख मांगहरु मध्ये समग्र मधेस एक स्वायत प्रदेश, आत्म निर्णयको अधिकार, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, भौगोलिक , भाषिक, सांस्कृतिक एकरूपता निर्वाचन क्षेत्र गठन, संविधान पुनर लेखन, क्षेत्रीय भाषा संस्कृतिको संवैधानिक प्रत्याभूति र प्रत्येक निकायमा मधेसी लाइ समानुपातिक प्रवेशको प्रत्याभूति भन्ने मुद्दाहरु लाइ विस्तारै एकएक गरि हटाउदै आफ्नो पार्टीको नामको अगाडि पछाडी राखेका मधेस शब्द समेत हटाइएको छ।

मधेसी दलले त्रेता युगका राक्षस यक्ष वंशका राजा रावण झै जगत जननी माता सिताको जन्म भुमिमा, माता सिता जस्तै चेली हरुमाथी भैइ रहेको अत्याचार लाई आँखा नदेखे र कान नसुनेको जस्तै गरि आफै त्यस्ता घट्ना लाई प्रोत्साहन दिएकोले अब चरितार्थ र मानवता नै समाप्त गरि सकेको बुद्धिजीवी वर्गका साथै सर्वसाधारणले पनि चर्चा गर्न थालेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed