CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रारम्भिक पढाई बलीयो भयो भने मात्र बालबालीकाहरुको भविष्य मजबुत हुन्छ : सांसद यादव

फेटा GP PSA
2,204
सिम्रौन्गढ़ नपा psa

वीरगंज ।   
संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले बालबालीकाहरुको प्रारम्भिक पढाई मजबुत भयो भने मात्र भविष्य मजबुत हुने बताउनु भएको छ । श्री नेपाल राष्ट्रिय प्राथमीक विधालय प्रसोतीपुर लालपर्साले आयोजना गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले घर बनाउदा जसरी जग मजबुत बनाउनु पर्छ त्यसैगरी बच्चाहरुको भविष्य बनाउन उनीहरुको जगको रुपमा रहेको प्रारम्भिक पढाई मजबुत बनाउनु पर्नेमा जोड दिनु भयो । हाम्रो बेलामा प्रारम्भिक पढाईको त्यती व्यवस्थापन हुदैनथ्यो र कक्षा १ देखी पढाई हुन्थ्यो तर अहिले बालबालीकाहरुलाई थप मजबुत बनाउन प्रारम्भिक पढाई सुरु गरिएकोमा सो कार्यक्रमको सांसद यादवले प्रसंसा समेत गर्नु भयो ।

प्रारम्भिक पढाई नै कमजोर भयो भने बालबालीकाहरुको भविष्य समेत कमजोर हुने भएकोले बच्चाहरुको प्रारम्भिक पढाई मजबुत बनाउन अभिवाकहरुले पनि आ आफनो बालबालीकाहरुलाई स्कुल पठाउनुको साथै बच्चाहरुको पढाईमा गम्भीर भएर सोच्ने बेला आएको बताउनु भयो । सांस यादवले स्कुल भवनको कमी देखीएकोले स्कुलमा थप भवनको व्यवस्थापन गर्न अगामी आर्थीक वर्षको बजेटबाट यस स्कुलका लागी बजेट छुटयाएर भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस स्कुलका साथ साथै लालपर्साको विकाशका लागी तथा यहाको हरेक प्रकारका समस्यामा आफु हरेक पल साथ र सहयोग गर्ने बताउदै सांसद यादवले आफु यो गाउको नेता भएर मात्र होईन यो गाउको बेटा बनेर यस क्षेत्रको विकाशमा सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,वीरगंज महानगरपालीकाका शिक्षा तथा खेलकुद इकाई प्रमुख अरविन्द लाल कर्ण,समाजवादी युवा फोरम प्रदेश सदस्य मनोज यादव,प्रारम्भिक जिल्ला कार्यक्रम संयोजक भरत सहनी, श्री नेपाल राष्ट्रिय प्राथमीक विधालयका संस्थापक अध्यक्ष शम्भु प्रसाद यादव,विधालय व्यवस्थापन समिती सदस्य राम प्रसाद यादव,सांसद उम्मेदवार गगन देव यादव,स्थानीय मंकेश्वर यादव,राम प्रवेश यादव लगाएतको उपस्तीथी रहेको थियो । कार्यक्रम श्री नेपाल राष्ट्रिय प्राथमीक विधालय व्यवस्थापन समितीका अध्यक्ष विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश