विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ

सिम्रौन्गढ़ नपा psa

हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
मोरङ, भाद्र ०७ गते ।

Karaiya Mai Notice Winter

भारतमा बसी नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी अपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट पक्राउ गरेको छ । हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादीको सूचीमा रहेका भारतको अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत-१० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई शनिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित पक्राउ गरिएको हो । यादवको साथबाट प्रहरीले डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ । २०७५ साल मंसिर ०३ गते बिराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोल सहित पक्राउ परेका मन्दिप तामाङ र सुशिल कुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन भनी पठाएको लागुऔषध ब्राउनसुगर, तथा पेस्तोल सहित पक्राउ परेका बिध्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खुल्न आएसंगै सर्वाधीक खोजीको सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो । पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed