विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिम्रौन्गढ़ नपा psa

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

उद​य​ तिवारी
रौतहट, ०७ भदौ । रौतहटको हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई सहिद घोषणाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । हिन्दू परिषद नेपाल रौतहट जिल्ला कार्य समितिले अज्ञात समुहको गोली प्रहारबाट मारिएका पुजारीलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गत भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे पुजारी साहलाई अज्ञात समुहले गोली प्रहार गरि हत्या गरेका थिए । माधव नारायण नगरपालिका(२ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो ।
हिन्दू परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेलका अनुसार सो ज्ञापन पत्रमा दोषी उपर चाँडोभन्दा चाँडो कडा कारवाही गर्न र पुजारी साहलाई सहिद घोषणा गर्न माग गरिएको छ ।
जिल्लामा हिन्दु धर्मको धराहरका रुपमा रहेका साहको योगदानको कदर गर्दै उनलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग छ ।

Karaiya Mai Notice Winter

उनको कसैसँग कुनै दुश्मनी नभएका र सँधै समाजको हितको निम्ति मात्र कार्य गरेका सन्त जस्तो व्यक्तिको हत्या भएकोे चार दिन बितिसक्दा पनि एकजना हत्यारा पनि पक्राउ नपरेको भन्दै आपत्ती जनाउँदै यस घटनालाई स्थानिय प्रहरी प्रशासनले अझ गम्भिरतापूर्वक अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

हत्यारालाई चाँडै पक्राउ नगरे तथा पुजारी साहलाई सरकारले सहिद घोषणा नगरे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादवले प्रहरीले सुक्ष्म ढंगबाट सो हत्याको अनुसन्धान गरिरहेको बताउँदै चाँडैनै दोषीहरु पक्राउ पर्ने प्रतिवद्धता जनाएका छन् । उनले पुजारीको हत्यारा कुनैपनि हातलमा उम्कन नसक्ने भन्दै समग्र जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा आफु कटिवद्ध रहेको जनाए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed