विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साँसद चौधरी निर्दोष रहेको भन्दै आममाफी दिन माग

सिम्रौन्गढ़ नपा psa

राजेश शर्मा,राजविराज ।। जन्मकैद सजाय पाएका साँसद रेशम चौधरीलाई आम माफी दिनुपर्ने आवाज उठेको छ । माननीय रेशम चौधरी वचाउ अभियान संर्घष समिती सप्तरीले आममाफी दिन माग गरेको हो । संर्घष समितीले साँँसद चौधरीलगायत ११ जनालाई जन्मकैद र १२ जनालाई ३ वर्षको सजायको फैसला अदालतले सुनाएको प्रति खेद व्यक्त पनि गरेको छ । टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान खोज्न सरकारसँग आग्रह समिति संयोजक चौधरीले आग्रह गरेका छन् ।

Karaiya Mai Notice Winter


समितिले सोमवार राजविराजमा पत्रकार सम्मेलन गरी साँसद चौधरी निर्दोष रहेको भन्दै आममाफी दिन माग गरेको छ । समिति संयोजक रामाकान्त चौधरीले पहिचान र अधिकारको लागि भएको आन्दोलनमा जोडेर थारु नेता माथि झुठा मुद्धा लगाएर जन्म कैदको फैसला सुनाएर अदालतले विभेदपुर्ण ब्यवहार गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, वडा, गाउँपालिका र नगरपालिकास्तरमा संघर्ष समिति गठन देखी राष्ट्रिय भेला सम्मको कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


आन्दोलनका कार्यक्रम अनुसार पहिलो चरणमा चैत १८ सम्ममा जिल्लाको सबै १८ वटै स्थानिय तहहरुमा संघर्ष समिति गठन गरि चैत १९ गते बिरोध प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको संयोजक चौधरीले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed