CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरकारी निर्णय विपरीत पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गर्‍यो गोष्ठी

फेटा GP PSA
1,041
सिम्रौन्गढ़ नपा psa

पोखरिया, ९ भदौ – पछिल्लो पटक पर्सा जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएपछि साउन १९ गतेबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ फैलिने त्रासमा अहिले फेरि मुलुक लगभग ठप्प नै छ ।

 

उपत्यकाका तीन जिल्लासहित देशभरका आधा भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । अत्यावश्यक काम बाहेक अरु कामका लागि निषेधाज्ञा उल्लघंन गरिए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने जनाएको छ । सरकारले घरभित्रै बसेर सुरक्षित हुन आग्रह गरिरहेको छ । यस्तो बेलामा कुनै सभा, गोष्ठी, सम्मेलन नगर्न भनेको छ । पछिल्लो पटकको मन्त्रिपरिषद्को निर्णयमा शैक्षिक संस्थाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द रहने र विद्यालय, कलेज, ट्युसन सेन्टर खोल्न र सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार गर्न पाइने छैन भन्ने उल्लेख छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तर पर्साको पोखरिया नगरपालिकाले भने सरकारको यो निर्णयको उल्लघंन गर्दै गोष्ठी आयोजना गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आजबाट दुई दिने संक्रमण नियन्त्रण गोष्ठी शुरु गरेको छ । ब्यानरमा उल्लेख भए अनुसार आजबाट पोखरिया अस्पतालमा शुरु गरिएको सो गोष्ठी भोलिसम्म चल्ने छ ।

मन्त्रालयबाटै आएको परिपत्रको अवज्ञा गर्दै पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले गोष्ठी शुरु गराएका छन् । पछिल्लो समयमा पोखरिया अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित भई अस्पतालको सेवा समेत ठप्प भएको बेला र गाम्रीण क्षेत्रमा संक्रमण बढिरहेका बेला यसलाई बेवास्ता गर्दै स्वास्थ्य शाखाकै प्रमुख मिश्राले मानिसको ज्यानै जान सक्ने संक्रमण फैलाउने लापरवाही गरेका छन् ।

 

Karaiya Mai Notice Winter

यति मात्र होइन, उनले आफ्नो उपल्लो निकायको निर्णयको पनि धज्जी उडाएका छन् । युनिसेफ नेपालको सोे कार्यक्रममा पूरानो कार्यक्रम रहेको र सो कार्यक्रमलार्ई जसोतसो सकेर भत्ता र बजेट कुम्ल्याउने दाउमा प्रमुख मिश्राले त्यस भेगका नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेका छन् । हामीलाई प्राप्त तस्वीरमा एउटा सानो कागजको ब्यानर टाँसेर गोष्ठी गरिएको देखिन्छ । कार्यक्रममा सहभागी भएका व्यक्तिहरुले पनि कुनै सामाजिक दुरी कायम गरेको देखिदैंन । दुई/तीन जनाले त मास्क पनि लगाएका छैनन् ।

 

नगरपालिकाको स्वास्थ्य शाखाले नै यसरी सरकारी निर्णयको धज्जी उडाउनु र सचेतना फैलाउने जिम्मेवार निकायले नै यस्तो बेलामा गोष्ठीको आयोजना गर्नुले सो शाखा र प्रमुखको लापरवाही झल्किन्छ ।

त्यस्तै, आयोजना भएको सो संक्रमण नियन्त्रण गोष्ठीबाट कसैले पनि कुनै लाभ लिने सक्ने देखिदैंन । र संक्रमण फैलन नदिन सचेतनाका लागि गरिने यस्ता गोष्ठी अहिले भौतिक रुपमा उपस्थित भएर गरिनुपर्ने समय पनि होइन । दुई दिन आयोजना हुनुपर्ने गोष्ठी हतार-हतारमा केही मानिस भेला पारेर दश पन्ध्र मिनेट गरेर संक्रमण नियन्त्रणमा के फाइदा पुग्ला र ?

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश