CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोना महामारीले वचन बचाउन झापाका युवा सकृय, तरिका बताउन बाटोमा उत्रे

फेटा GP PSA
1,538
सिम्रौन्गढ़ नपा psa

कोरोना महामारीले वचन बचाउन झापाका युवा सकृय, तरिका बताउन बाटोमा उत्रे

झापा, गौरीगंज।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हाल नेपालको नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवा हरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै बिरामी परेर अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्, नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ। सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।

Karaiya Mai Notice Winter

त्यस्तै विश्वभर कोरोना भाइरसको संक्रमणबाट आजित बनेको समाजलाई यसबारे सूसुचित गराई भाइरसको जोखिमबाट बच्नेलगायत अन्य सामाजिक कार्यहरु गर्न उनीहरु एक जुट भएका हुन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका युवाहरुद्वारा गठित खजुरगाछी युवा संघले कोरोना भाइरस विरुद्व सचेतनामुलक कार्यक्रम तथा माक्स वितरण गरेको छ । खजुरगाछी युवा संघका अध्यक्ष रोशन यादवको अध्यक्षतामा औपचारिकरुपमा सचेतनामुलक कार्यक्रम गरी संघमा आवद्व पदाधिकारीहरुले बजार क्षेत्रमा सचेतना तथा मास्क वितरण गरेका हुन् ।

उनीहरुले बजार क्षेत्रमा १ हजार भन्दा बढी मास्क वितरण गरेका छन् । सामाजिक दुरी कायम राख्ने, हात मुख साबुन पानीले मिचिमिचि आधा मिनेट धुने, मास्क अनिवार्य लगाउने, जथाभावी घर बाहिर ननिस्कने, भीडभाड नगर्ने नगराउने लगायतका सन्देश मुलक कार्य बजार क्षेत्रमा माइकिङ्ग गरेर उनीहरुले प्रचारप्रसार गरेका थिए ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ को सभाहलमा आयोजित औपचाकिर कार्यक्रमको प्रमुख आतिथ्यता वडा अध्यक्ष बद्रीनारायण यादवले गरेका थिए । कार्यक्रममा गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराई, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्यहरु उदिम कुमार राई , मुकेश साह, खजुरगाछी खानेपानी संस्थाका अध्यक्ष कृष्ण महतोलगायतले कोभिड १९ को महामारीबाट बच्ने उपाय र यसबारे समाजमा सचेतना फैलाउन युवाहरुको सक्रियता सकारात्मक रहेको भन्दै युवाहरुको प्रसंशा गरेका थिए ।

सचेतना कार्यक्रमको स्वागत गोमा भुजेलले गरेकी थिइन भने कार्यक्रममा युवा संंघका विकास कुमार यादव, निरज माझी, सावित्री महतो, मनोज राजवंशी, संजय राजवंशी, किरण श्रेष्ठ, विजय यादव, मिथुन यादव, संगीता महता, जितेन पौदार, श्याम मिर्धा, कन्हैया चौधरी, लगायत पदाधिकारीहरु थिए । कार्यक्रमको संचालन इस्तप हुसेनले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश