CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो

फेटा GP PSA
1,087
सिम्रौन्गढ़ नपा psa

पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया बारा


कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा कृयाशिल पत्रकार तथा संचारकर्मीहरुको कोरोना बीमा गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्राससंगै पत्रकार तथा संचारकर्मीहरु समेत मैदानमा उत्रिएर जोखिम मोल्दै समाचार संकलन गर्न पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो । गत साउन ५ गते कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका बाराका पत्रकार तथा संचारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिनुभयो । आफै आवद्ध बाराको सबैभन्दा पहिलो दैनिक पत्रिका कृपाबाट आर्थिक श्रोत जुटाएर सिद्धार्थ इन्सोरेन्समा बीमा गरेको पनि उहाँले बताउनुभयो । कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैया पाउने गरी ब्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । कोरोनाको कहरकाीचमा पत्रकार महासंघले संचारकर्मीहरुका लागि मास्क,सेनिटाइटर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराउदै आएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।


कृपा दैनिकमा पनि बीमा यसैबीच बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आफ्ना पत्रकार,संचारकर्मी तथा कर्मचारीहरुको पनि कोरोना बीमा गरेको छ । कृपा दैनिकमा आवद्ध दुई दर्जन भनदा बढी पत्रकार एवम् कर्मचारीहरुको कोरोना बीमा गरिएको कृपा दैनिककी प्रकाशक सबिता चालिसेले जानकारी दिनुभयो । समाचार संकलनका क्रममा पत्रकार तथा कर्मचारीको मनोबल बढाउनका लागि र कोरोना संक्रमण भइहाले केही राहत होस् भन्ने उद्देश्यले बीमा गरिएको पनि उहाँले बताउनुभयो । कृपा दैनिक बारा जिल्लाबाट २०६० सालबाट निरन्ततर दैनिक पत्रिकाको रुपमा प्रकाशित छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश