विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र पिडारीगुठीमा जनपरिचालन समिति गठन

सिम्रौन्गढ़ नपा psa

वीरगंज २८ भदौं ।
जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र जगरनाथपुर गाउँपालिकाको वडा नं. १ पिडारीगुठीमा जनपरिचालन समिति गठन भएको छ ।
पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार ,उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।
विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठामा निलम मुखियाको अध्यक्षतामा ३८ सदस्यीय महिला जनपरिचालन समिति गठन भएको छ । जसको उपाध्यक्षमा लालसा देवी साह, कोषाध्यक्षमा कलावती देवी सोनार, सचिवमा शान्ति देवी, सदस्यहरुमा प्रभावती देवी, गिता देवी, सिता देवी, सरस्वती देवी, कोसिला देवी, मन्जजु देवी, रामदुलारी देवी, उरमिला देवी, रन्जिता देवी, अनिता साह सोनार, जयसखा खातुन, लालपरी देवी लगायत रहनु भएको छ ।
जगरनाथपुर गाउँपालिकाको वडा नं. १ पिडारीगुठीमा बसेको बैठकले चन्दन चौहानको अध्यक्षतामा ३५ सदस्यीय जनपरिचालन समिति गठन भएको हो । जसको सदस्यहरुमा कृष्णा चौबे, जयप्रकाश पटेल, जगदिश गिरी, दिपु सिंह पौडेल, हरिन्द्र राम, बसन्त राउत कुर्मी, प्रभु राम, दसरथ ठाकुर लगायत रहेको पार्टी पर्साका संयोजक साहले जानकारी दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed