विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चीनिया गतिविधि विरुद्ध कलैयामा विरोध र्‍याली

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।
चीनिया गतिविधि विरुद्ध कलैयामा विरोध र्‍याली गरिएको छ। चुरे तथा बन जङ्गल संर्क्षन अभियानको संयोजक पर्यावरण अभियानता सुनिल यादवको नेतृत्व तथा सुनिल कुमर गुप्ताको सहयोगमा रामजानकी मन्दिर देखि बिरोध र्‍याली कलैया बाजार परिक्रमा गरि सहिद चौकमा कोण सभा गरि कार्यक्रम सम्पन्न गरिएको छ। र्‍यालीमा चिनियाँ अतिक्रमण बन्द गर, चाईनिज बिस्तार वाद मुर्दावाद, नेपाली भुमी मिच्न पाईदैन, नेपाली सिमा तथा पिलर मिच्न पाईदैन, जस्ता विभिन्न नारा लगाउदै परिक्रमा गरेका छन्।

Karaiya Mai Notice Winter

नेपाली भुमी चिनिया द्वारा अतिक्रमण हुदा नेपाल सरकारको भुमिका न्यून रहेको प्रती सर्वसाधारण चिन्तित बनेका छन् । हुम्ला जिल्लाको नाम्खा गाउपालिका वार्ड न.६ लिमिलाप्चा २०७३ मा ३ किलोमीटर भित्र भवन बनाउदा लिमि बासीले बिरोध गर्दा बनाउन छोडेको थियो। तर हालको अवस्थामा उक्त ठाउको १.५ किलोमीटर भित्र नेपाल तिर भवन बनाएकोमा चारै तिर बिरोध प्रदर्शन भैइ रहेको छ। सोही अनुरुप आज बारा जिल्लाको सदरमुकाम कलैयामा पनि बिरोध प्रदर्शन गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बिरोध र्‍यालीमा डा.कमरुल्लाह अंसारी, सुनिल गुप्ता, अर्बिन्द यादव, अनिल साह, किसुन यादव, कलाम अंसारी, मुनिफलाल यादव, महम्मद जाहिद अंसारी लगायत युवा विद्यार्थीहरुको सहभागीता रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed