CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तिन महिना बितिसक्दा पनि गाँउसभा नहुदा कामकाज गर्न कठिनाई

फेटा GP PSA
1,119
सिम्रौन्गढ़ नपा psa

तिन महिना बितिसक्दा पनि गाँउसभा नहुदा कामकाज गर्न कठिनाई

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

Karaiya Mai Notice Winter

नेपालमा स्थानिय तहले आउँदो आर्थिक बर्षको निति तथा कार्य​क्र​म​ असार १० गते नै प्र​स्तुत​ गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ। सबै स्थानिय तहले लछार पछार गरी असार १० गते सम्म निति तथा कार्य​क्र​म​ गरेरै देखाउछन। त्यसपछि बिस्तारै बजेट बाडफाँड गरी नगरसभा वा गाँउ सभा गर्छन।
बारामा पनि १३ वटा स्थानिय तहले पनि असार १० मै निति तथा कार्य​क्र​म​ प्र​स्तुत​ गरी सकेका छन। तीन वटा स्थानिय तह साउन महिनामा आफ्नो बजेट तथा नीति कार्यक्रम सम्पन गरेका छन ।

बाराको फेटा गाँउपालिकाले आषाढको १० गते निति तथा कार्य​क्र​म पारित गरिसकेपनि हालसम्म गाँउसभा गर्न नसकेकोले गाँउपालिका कार्यालय सँचालन गर्न कठिनाई भईरहेको छ। गाँउपालिकाको बैंकमा खाता सँचालन न भएर आर्थिक कारोबार देखि कर्मचारीह​रुको तलब पनि खान पाएका छैनन। गाडिहरुमा ईन्धन समेत पेट्रोल​प​म्प​ले दिन मानेका छैनन। स्थानिय तह आफैमा सरकार भएता पनि अहिले राजनितिक अखडा बनेको छ। प्र​शास​निक सम्पुर्ण कार्य सम्पन्न भईसकेपनि राजनितिक दाउ पेचले गर्दा अहिले सम्म गाँउसभा सम्पन्न हुन नसकेको फेटा गाँउपालिका को प्र​मुख​ कार्य​कारी अधिक्रित​ प्राण​ मेह​ताले जानकारी गराउनुभयो।

गाँउपालिकाको वडा अध्य​क्ष​हरुसँग भागबन्डा नमिलेको र वडा सदस्यहरुलाई वडा अध्य​क्ष​ले वास्ता नगरेको हुनाले अहिले सम्म गाँउसभा हुन नसकेको हो। तर अब सबै कुरा मिलिसकेको हुनाले अब चाडै नै गाँउसभा हुने कुरा गाँउपालिका अध्य​क्ष​ अमिरीलाल साहले फोन मार्फत जानकारी गराउनुभयो।

‌गाँउसभा नभएकोले कुनै पनि कामले गाँउपालिका कार्यालयमा जादा अहिले गाँउसभा नभएकोले पछि गाँउसभा भईसकेपछि आउनु भनि बहाना बनाउनेले स्थानियहरु सास्ति खेप्नु परेको स्थानियहरु गुनासो पोखेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश