विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रौतहटमा चल्ने गैरकानुनी ढंगले निजी बिधालयका संचालक द्वरा अभिभावक ठगीदैं।

रौतहटमा चल्ने गैरकानुनी ढंगले निजी बिधालयका संचालक द्वरा अभिभावक ठगीदैं।

सिम्रौन्गढ़ नपा psa

रौतहटमा चल्ने गैरकानुनी ढंगले निजी बिधालयका संचालक द्वरा अभिभावक ठगीदैं।

अमित ठाकुर।रौतहट।चैत १५।रौतहट जिल्लामा चल्ने गैरकानुनी ढंगले निजी बिधालयका संचालकले अभिभावकहरुलाई ठगी रहेको देखिन्छन् ।रौतहटमा दर्जनौं निजी बिधालयमा तल्लो तहका लाईसेन्स लिई सो भन्दा बढीको कक्षा सम्म पढाउने गरेको निजी तथा अावासीय बिधालय अर्गनाइजेसन नेपाल रौतहटले अारोप लगाएका छन। यस्तो चल्ने बिधालयका मुख्य दोषी सबैभन्दा पहिला निरिक्षणकर्ता नै रहेको अारोप लगाएका छन् । गौर नगरपालिकामा गत बर्षको अषाढ मसान्त महिनामा गैरकानुनी रुपले चलाई रहेको भन्दै एउटा छुट्टै अभियान चालेका थिए। तर त्यो समय बिधार्थीहरु १ बर्ष खराब हुने भएकोले अभियान त्यही छोडेको प्याब्सनका अध्यक्ष मुन्ना पटेलले जनाएको छ। अब नयाँ भर्ना हुनु भन्दा पहिला नै प्याब्सनका कार्यकर्ताहरुले अाफ्नो अभियान सुरु गरेका छन। यस बिषयमा प्रमुख जिल्ला अधिकारी र गौर नगरपालिकाले कडा एकस्न नलिए यस्को परिणाम धेरै ठुलो हुने अध्यक्ष पटेलले जनाएको छ।

karaiya holi 2082

रौतहटका अभिभावक ठगिङ्ग छ किन?
रौतहटका अभिभावकले कुनै पनि निजी बिधालयमा अा-अाफ्नो छोराछोरीलाई भर्ना गराउन जाँदा रौतहटका धेरैजसो बिधालयमा ठगिन्छन् तर पनि ती अभिभावकहरु सो बिधालयमा अा-अाफ्नो छोराछोरीलाई भर्ना गराउँछन् । गैरकानुनी रुपले चलिरहेको बिधालयका संचालक संग यो कुरा तपाईंको बिधालय दर्ता छ कि छैन र अर्को तपाईंको बिधालय कति सम्म दर्ता छन दुई कुरा सोद्धदैनन् र ती गैरकानुनी ढंगले चलिरहेको बिधालय संग अभिभावक ठगिन्छन्।

Prasauni holi 2082

के गर्छन गैरकानुनी ढंगले चलाउने रौतहटका निजी बिधालयका संचालक?
कक्षा १ सम्म निजी बिधालय चलाउने दर्ता गराई कक्षा ५,६,७,८ सम्म चलाउने गरेका छन। यी बिधालयहरुका संचालक अभिभावकहरुको अाँखामा धुल झोकी बिधार्थीहरुको जीवन संग खेलवाड गर्ने गरेका छन। यी बिधालयका संचालकहरु अाफ्नो बिधालयमा बिधार्थीहरुको भर्ना लिई परीक्षा पछि अन्य सरकारी बिधालयका तथा बिना दर्ताको जाली सर्टिफिकेट दिने गर्दछन्। अभिभावकहरुले निजी बिधालयका चर्को पैसा तिर्दातिर्दै अन्तयमा बिधार्थीको हाथमा सरकारी बिधालयका सर्टिफिकेट दिदाँ पनि अभिभावकले केही सोधपुछ गर्दैनन् र पछि ठगाउने गरिन्छन्। त्यसैले अा-अाफ्नो छोराछोरीलाई भर्ना गराउँदा अनिवार्य रुपले ती दुईवटा प्रमाण खोज्ने प्याब्सनका अध्यक्ष मुन्ना पटेलले जनाएका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed