विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तस्करीको भैंसी सहित मानिस पक्राउ

सिम्रौन्गढ़ नपा psa
तस्करीको भैंसी सहित मानिस पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
आज विहान करीब ०३:०० बजेको समयमा तस्करी गरि ल्याईरहेको ११ वटा पाडो सहित तस्कर र पिकअप गाडि सहित बारा प्रहरीले पक्राउ गरि नियन्त्रमा लिएको छ।
 जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला बारा कलैया उप महानगरपालिका वडा नं.२० स्थित सडकमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.६ बस्ने इमताज अंसारीले चलाई ल्याएको ना ४ च ३५५५ नम्बरको पिकपमा भारतबाट अवैध रुपमा चोरी भन्सार छलि पैठारी गरी ल्याएको मुल्य रू.७१ हजार ५०० सय पर्ने पाडो-११ वटा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय बाराले जनाएको छ।
 नियन्त्रणमा लिएको पाडो तथा  मुल्य करिब रू.११ लाख पर्ने पिकअप गाडी सहित चालक इमताज अंसारी र भैसी तस्कर सोहि ठाउँमा बस्ने शेख अख्तर समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएकाछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed