CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशस्त्र प्र​ह​रीले मुल्य १६ लाख बराबरको गाडिसहित चौपाया भँसार दाखिला 

फेटा GP PSA
949
सिम्रौन्गढ़ नपा psa
सशस्त्र प्र​ह​रीले मुल्य १६ लाख बराबरको गाडिसहित चौपाया भँसार दाखिला 
 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय 
 
कलैया बारा 
बारामा सशस्त्र प्र​ह​रीले आज दिउसो बिषेश सुचनाको अधारमा अबैध रुपमा नेपाल भित्रेको दस वटा चौपाया सहित म​हिन्द्रा गाडि नियन्त्रणमा लिएको छ।
Karaiya Mai Notice Winter
 
सशस्त्र प्र​ह​री बेस क्याम्प बरियारपुरको ईन्स्पेकटर    प्र​काश पाण्डेको नेत्रृत्वमा सात जनाको टोलीले माहागढिमाई नगरपालिका १ स्थित पसाह खोला पुल नजिक लु २ प १६२० नम्बरको सेतो म​हिन्द्रा गाडिमा भारतबाट लुकाईछिपाई नेपाल भित्र्याई रहेको अबैध पाडा ९ वटा र पाडि १ गरी जम्मा १० वटा गरी नियन्त्रणमा लिएको छ।सशस्त्र प्र​ह​रीको टोली देखी गाडि चालक फरार भएकोले चौपाया सहित गाडि आवश्यक कार्वाहिको लागि आजै भँसार कार्यालय बिरगँज दाखिला गरेको बाराको १२ न गणको गणपति सशस्त्र प्र​ह​री उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनुभएको छ।
प​क्राउ गरिएको चौपाया सहितको गाडिको मुल्य १६ लाख सहितको मुल्याकंन भँसार कार्यालय बिरगँज पठाईएकोमा भँसार कार्यालयले सोहि मुल्य सदर गरिदिएको छ। आवश्यक कार्वाहि पनि अगाडि बढाईसकेको छ। अबैध चौपायाको नक्कली कागज पत्र बनाई ल्याईरहेको जानकारी समेत सशस्त्र प्र​ह​री बेस क्याम्प बरियारपुरको ईन्स्पेकटर पाण्डेले दिनुभएको छ।
हाल सम्म घरेलु मदिरा, लताकपडा, लागू पदार्थ ,चोरी पैठारी हुन लागेको भैंसि , बाख्रा, हरियो केराउ गरि रु  ५० लाख बराबरको समानहरु भँसार दाखिला  सशस्त्र  प्र​ह​री बेस क्याम्प बरियारपुरको ईन्स्पेकटर पाण्डेयले आफ्नो दुई महिनाको कार्यकालमा   गराईसकेको भनि जानकारी गणपति कर्णजितले दिनुभएको छ।
सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर प्र​कास पाण्डे बरियारपुर बेसक्याम्पमा आएपछि  भौसी , बाख्रा , केराउ , कपडा ,किराना समान , लगायतको मालसमान प​क्राउ गरी भँसार कार्यालय र राजस्व कार्यालयमा बुझाइ सक्नु भएको र घरेलु मदिरा पनि नष्ट गर्दै गरेको  देखेर  स्थानियहरु हर्षित भएकाछन ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश