विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्सा गठन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

karaiya holi 2082

चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्साको ११ सदस्यीय कार्य समिति गठन भएको छ । होटल हिरा प्लाजा वीरगंजको सभाहलमा भएको भेलाले अमिताभ बच्चन दासको अध्यक्षमा समिति गठन भएको हो । जस्को उपाध्यक्षमा दिनेश यादव, सदस्य सचिवमा सुनिल रौनियार, कोषाध्यक्षमा जुनु तामाङ, सदस्यहरुमा तबरेज अहमद, बिनोद चौधरी, सन्ध्या पटेल, अष्ट लोपचन, बालकुमार बस्नेत, मान बहादुर श्रेष्ठ र अनुखा सुनुवार रहनु भएको छ ।

भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव तथा बरिष्ठ चलचित्रकर्मी युवराज लामाले वातावरण सन्तुलन राख्नका लागि चुरे बच्चाउन आवश्यक रहेकोमा जोड दिदै चुरे संरक्षणको लागि यो समितिले भरमग्दुर प्रयास गर्नु पर्ने सुझाव समेत दिनु भयो ।  सो अवसरमा होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, ग्रामिण कुखुरा व्यवसायी संघका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतको सहभागीता रहेको समितिका सदस्य तबरेज अहमदले बताउनु भयो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed